काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लगातार पाँचौ जित हात पारेको छ। मनाङले शनिबार भएको खेलमा सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो।
जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मनाङले ५ खेलबाट १५ अंक जोडेको छ।
शनिबार मनाङलाई जित दिलाउने क्रममा अन्जन विष्टले ५५ मिनेटमा पहिलो गोल गरे। यस्तै अफिज ओलावालेले ६८ मिनेटमा मनाङको अग्रता दोब्बर पारेका थिए।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।