काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेमजोङ माल्दिभ्सको पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिग २०१८ को उत्कृष्ट गोलकिपर बनेका छन्। चेमजोङले सिजनमा टिसी स्पोर्टसलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
टिसी शुक्रबार भएको अन्तिम खेलमा इगल्ससँग ४–३ गोलले पराजित भएको थियो। तर उसले १६ खेलबाट ३९ अंक जोडेर लिग जित्न सफल भयो। दोस्रो स्थानको इगल्सले १६ खेलबाट ३८ अंक जोड्यो। सिजनको १६ खेलमा टिसीले १२ गोल खादा ५२ गोल गरेका थियो।

चेमोजङले दोस्रो विदेशी लिगको उपाधि उचाल्ने अवसर पाएका हुन्। यसअघि उनले गत वर्ष भारतको मिर्नेभा पन्जाव एफसीबाट खेल्दै आई लिगको उपाधि जितेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।