म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर सिटीले बर्नमाउथलाई ३–१ गोलले हराएको छ। शनिबार राति भएको खेलमा सिटीका लागि बेर्नान्डो सिल्भाले १६, रहिम स्टर्लिङले ५७ र गुन्डोगनले ७९ मिनेटमा गोल गरेका थिए। वर्नमाउथका विल्सनले ४४ मिनेटमा गरेको गोल सान्त्वनामै सिमीत भयो।
यता म्याचेस्टर युनाइटेडलाई साउथह्याम्टनले २–२ गोलको बराबरीमा रोकेको छ। साउथह्याम्टनका लागि आम्ट्रङले १३ र सेड्रिकले २० मिनेटमा गोल गरेका थिए। तर म्याचेस्टरका लागि लुकाकुले ३३ र हेरेराले ३९ मिनेटमा गोल फर्काए।
लिगको शीर्ष स्थानमा रहेको सिटीको १४ खेलबाट ३८ अंक छ। एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ। युनाइटेड १४ खेलबाट २२ अंक जोड्दै सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।