म्याड्रिड– स्पेनिस ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियालाई हराएको छ।
शनिबार राति भएको खेलमा रियलले २–० गोलको जित हात पारेको हो। खेलको आठौं मिनेटमा भ्यालेन्सियाका वासले आफ्नै पोस्टमा गोल गरेपछि रियलले अग्रता लिएको थियो। ८३ मिनेटमा भाज्यूले रियलका लागि दोस्रो गोल गरे।
जितसँगी रियल १४ खेलबाट २३ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। शीर्ष स्थानको सेभिल्लाको १३ खेलबाट २६, दोस्रो स्थानको बार्सिलोनाको २५, तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको २४ र चौथो स्थानको अलाभेसको २३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।