टुरिन– ‘इटालियन सिरि ए’ मा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सिजनको दशौं गोल गरेका छन्। रोनाल्डोले दशौं गोल गरेसँगै युभेन्ट्सले फ्लोरिन्टिनालाई ३–० गोलले हरायो।
युभेन्टसका लागि बेन्टाकुलरे ३१ र चिइलेनीले ६९ मिनेटमा गोल गरेका थिए। खेलको ७९ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत तेस्रो गोल गर्न सफल भए। सिरि ए मा रोनाल्डोले १४ खेल खेल्दै दशौं गोल गर्न सफल भएका हुन्।
फ्लोरेन्टिनाका इडिमिल्नसले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि युभेन्ट्सले पेनाल्टी अवसर पाएको थियो। प्राप्त अवसरमा रोनाल्डोले दाहाँने खुट्टाले दोब्रे पोस्ट च्यापेर गोल गर्न सफल भए।
गोल गरेपछि बललाई किक हान्दै हावा उडाएर ‘वाइल्ड’ सेलिब्रेसन गरेको भन्दै रोनाल्डोलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए।

जारी सिजनको लिगमा अपराजित युभेन्ट्सले जितसँगै दोस्रो स्थानको नापोलीसँग ११ अंकको अग्रता लिएको छ। युभेन्ट्सको १४ खेलबाट ४० अंक छ भने नापोलीको १३ खेलबाट २९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।