एजेन्सी– युइएफए युरो २०२० छनोट प्रतियोगिताको ‘ड्र’ सार्वजनिक गरिएको छ। युइएफले आइतबार ५५ देशलाई १२ वटा समूहमा विभिजन गर्दै ‘ड्र’ सार्वजनिक गरिएको हो।
समूह ‘ए’देखि ‘इ’सम्म ५–५ टिम राखिएको भने ‘एफ’देखि ‘जे’ सम्म ६–६ टिम राखिएको छ। प्रत्येक समूहबाट उत्कृष्ट हुने २–२ टिम गरी २० टिम युरो कपका लागि छनोट हुनेछन्। बाँकी ४ टिम प्लेअफबाट छनोट हुनेछन्। प्लेअफका लागि २८ टिम योग्य छन्। सिधैं छनोट हुन सकेको अवस्थामा प्लेअफका लागि २८ टिम मध्येबाट छनोट हुनेछ।
होम एन्ड अवेका आधारमा हुने छनोट प्रतियोगितामा समूह ‘सी’मा पूर्व विश्व विजेता जर्मनीसहित २०१० को विश्वकपको उपविजेता नेदरल्यान्ड्स, उत्तरी आयरल्यान्ड, बेलारुस र इस्टोनिया परेका छन्। सन् २०२० को युरोकप युरोपका १२ देशका १२ सहरमा आयोजना हुँदैछ। जहाँ २४ देशबीच भिडन्त हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।