पोखरा– पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष र ३ सदस्यले सोमबार राजीनामा दिएका छन्।
राजीनामा दिनेमा समितिका उपाध्यक्ष सुनिल गुरुङ, सदस्यहरु राजेन्द्र पहारी, देवेन्द्र केसी र राजु गुरुङ छन्। उनीहरुले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलाई पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन्।
‘एमाले र कांग्रेसको संयुक्त सरकार हुँदा आफूहरु समितिमा मनोनित भएको र हाल कांग्रेसको सरकार भएकाले राजीनामा दिएका हौं,’ पत्रका उल्लेख छ। उनीहरुको कार्यकाल सकिन जम्मा ४ महिना बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।