लन्डन- इंग्लिस एफए कप फुटबल प्रतियोगिताको दाबेदार क्लब लिभरपुल तेस्रो चरणबाटै बाहिरिएको छ।
इंग्लिस प्रिमियर लिगको शीर्षमा रहदै सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुललाई एफए कपको तेस्रो चरणमा वुल्भ्सले २-१ गोलले पराजित गरेको हो।
खेलको ३८ मिनेटमा जिमेनेजले गोल गरेर वुल्भ्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले पछि परेको लिभरपुलले खेलको ५१ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। लिभरपुलका लागि ओरिगीले बराबरी गोल गरेका थिए।
चार मिनेटपछि वुल्भ्सले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो। नेभेसले ५५ मिनेटमा गोल गरेर वुल्भ्सलाई खेलमा दोस्रो पटक अग्रता दिलाउन सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।