काठमाडौं– वरिष्ठ कलाकार बिएस राणाको शुक्रबार निधन भएको छ।
७७ वर्षीय राणाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाइएको छ।
उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि अघिल्लो हप्ता अस्पताल भर्ना भरिएको थियो।
२०४१ सालमा चलचित्र 'अन्याय' बाट अभिनय सुरु गरेका राणाले कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती, देश, कसले र्चोर्यो मेरो मन, सेतो बाघ, दासढुंगा लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेका छन्।
राणाको आजै पशुपति आयर्घाटमा दाहसंस्कार गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।