• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
स्वार्थको चंगुलमा प्रहरी सेवा अवधि
64x64
नारायण अधिकारी मंगलबार, माघ २२, २०७५  ०६:३०
1140x725

देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीलाई सरकारले गत पुस २३ गते रातारात बर्खास्त गर्यो। जबकि रेग्मीलाई हटाउने तयारीबारे कुनै पूर्वजानकारी थिएन। सरकारको पक्षमा नरहनुले नै रेग्मीको पदच्यूत भएको धेरैले अर्थ्याएका छन्। उनलाई हटाइएन मात्रै रातारात सरकारले आफू निकटका गणेश अधिकारीलाई गुप्तचर प्रमुखको रुपमा नियुक्त गर्यो। 

रेग्मी आगामी जेठको दोस्रो साता चारवर्षे सेवाका कारण अनिवार्य अवकाशमा जाँदै थिए। त्यसअगावै प्रमुखको चारवर्षे सेवा अवधिलाई तीन वर्षमा झार्दै रेग्मीलाई सरकारले बर्खास्त गरेको थियो। ३० वर्षको सेवा अवधि हटाएर र प्रमुखको पदावधि तीन वर्ष र ५८ वर्ष उमेरमध्ये जुन पहिला आकर्षित हुन्छ, सोही अनुसार अनिवार्य अवकाश हुने भएपछि सेवा अवधिका कारण उनी बर्खास्तगीमा  परे। 

रेग्मीलाई रातारात बर्खास्त गरेको सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा समेत ३० वर्षे सेवा अवधि हटाउने तयारी सुरु गरेको छ। नेपाल प्रहरीको संघीय प्रहरी ऐनको मस्यौदा गृहबाट कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ। 

स्रोतका अनुसार अर्थ पुगेको मस्यौदामा ३० वर्षे सेवा अवधिबारे उल्लेख गरिएको छैन। तीनवर्षे पदावधि र ५८ वर्षे उमेर हद गरी दुई तरिकाबाट मात्रै प्रहरी प्रमुखको अनिवार्य अवकाश हुने गरी मस्यौदा तयार भएको छ। 

आइजिपी बन्ने महत्वाकांक्षाका साथ कोही ३० वर्षे सेवा अवधि तत्काल हटाउन भन्दै लबिङमा छन् भने केही प्रहरी अधिकारी तत्काल ३० वर्षे सेवा अवधि हट्न नहुनेमा लाइनमा छन्।

३० वर्षे हट्ने गरी मस्यौदा तयार गर्न र नहटाउन विभिन्न चलखेल भइरहेका छन्।

सरकारले अहिलेकै अवस्थामा ३० वर्षे सेवा अवधि हटाएर आइजिपीको तीनवर्षे, एआइजीको दुई र ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुने व्यवस्था गर्ने हो भने हालका आइजिपी सर्वेन्द्र खनालको पदावधि थप दुई वर्ष लम्बिने देखिन्छ। दुईवर्षे पदावधिका कारण तीन एआइजीहरु अवकाशमा जान्छन्। त्यसपछि हालका डिआइजीबाट आइजिपी बन्ने देखिन्छ। हालका आइजिपी खनालकै ब्याचका डिआइजी केदार रिजाल उनको ब्याचमा सबैभन्दा कान्छा भएकाले उनको आइजिपी बन्ने सम्भावना पनि देखिन्छ। त्यसपछि भने दुई वटा ब्याचले आइजिपी बन्ने मौका पाउँदैनन्। 

महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा क्षेत्री, हरि पाल, निरज शाही, प्रद्युम्न कार्कीको ब्याच र महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंह, विश्वराज पोखरेलहरुको ब्याचसम्मका प्रहरी अधिकारीहरु आइजिपी बन्न सक्ने अवस्था रहँदैन। उनीहरु डिआइजीबाटै घर जानुपर्ने अवस्था आउँछ। 

Ncell 2
Ncell 2

जसकारण आइजिपी बन्ने महत्वाकांक्षाका साथ कोही ३० वर्षे सेवा अवधि तत्काल हटाउन भन्दै लबिङमा छन् भने केही प्रहरी अधिकारी तत्काल ३० वर्षे सेवा अवधि हट्न नहुनेमा लाइनमा छन्। अहिलेकै आइजिपी सर्वेन्द्र खनाल यसभन्दा अघि ३० वर्षे सेवा अवधि हट्नु हुँदैन भन्ने लाइनमा थिए भने अहिले उनी केही वर्ष भए पनि सेवा अवधि लम्ब्याउन सकियोस भन्दै यसलाई मौन समर्थन गरिरहेका छन्।

३० वर्षे सेवा अवधि हटाउने र राख्ने खेल भने नेपाल प्रहरीमा नौलो होइन। 

सरकारले आफ्नो स्वार्थ अनुसार प्रहरी संगठनमा ३० वर्षे सेवा अवधि राख्ने र हटाउने गर्दै आएको छ। ३० वर्षे सेवा अवधिको खेलको चरम रुप भने २०४९ सालबाटै सुरु भएको थियो। त्यसबेला आइजिपी रत्नशमशेर जबरा थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरबहादुर देउवा गृहमन्त्री थिए।

२०५२ सालमा मन्त्रिपरिषद्ले प्रहरी कर्मचारीको ३० वर्षे सेवा अवधिमा दुई वर्ष थप हुने व्यवस्था स्वतः जोडिनेगरी निर्णय गरे पनि पछि लागू भएन र ३० वर्षे सेवा अवधि कायम रह्यो।

अछामका मोतीलाल बोहरा आइजिपी बन्ने महत्वाकांक्षाका साथ पश्चिमेली साइनो जोड्दै तत्कालीन गृहमन्त्री देउवाकहाँ पुगे। जतिसक्दो छिटो रत्नसमशेरलाई आइजिपीबाट हटाएर बोहरालाई आइजिपी बन्नु थियो। बोहराकै स्वार्थमा देउवाले पनि सहमति जनाए। 

त्यहीँबाट सुरु भएको थियो, ३० वर्षे सेवा अवधिको खेल।

त्यसभन्दा अघिका प्रहरी नियमावली २०१५, प्रहरी नियमावली, २०३३ र प्रहरी नियमावली, २०४९ मा ३० वर्षे सेवा अवधिबारे उल्लेख थिएन। उमेर हद र पदावधिका कारणमात्रै अनिवार्य अवकाश हुने व्यवस्था थियो। तर प्रहरी नियमावली, २०४९ लाई फागुन १५ गते संशोधन गर्दै ३० वर्षे सेवा अवधि लगाएर तत्कालीन आइजिपी रत्नशमशेरलाई हटाएर मोतीलाल बोहरालाई आइजिपी बनाइयो। त्यसपछि सुरु भएको ३० वर्षे हटाउने र राख्ने खेल हरेक आइजिपीको पालामा तातो बहस बन्दै आएको छ।

बोहराकै पालामा ३० वर्षे सेवा अवधिमा दुई वर्षसम्म थप गर्न सकिने गरी नियमावली संशोधन गरियो। यसै आधारमा उनले २०४९ देखि २०५३ सालसम्म आइजिपी हुने मौका पाएका थिए। २०५२ सालमा मन्त्रिपरिषद्ले प्रहरी कर्मचारीको ३० वर्षे सेवा अवधिमा दुई वर्ष थप हुने व्यवस्था स्वतः जोडिनेगरी निर्णय गरे पनि पछि लागू भएन र ३० वर्षे सेवा अवधि कायम रह्यो।

‘३० वर्षे हटाउने र राख्ने स्वार्थ समूह प्रहरीमा पनि’
मोतीलाल बोहराको पालाबाट भित्रिएको ३० वर्षे सेवा अवधि हटाउने कि राख्ने भन्ने बहस हरेक आइजिपीको पालमा हुँदै आएको छ। अहिले एउटा स्वार्थ समूह जसरी पनि ३० वर्षे हटाउनुपर्छ भन्नेमा छ भने अर्को समूह कुनै हालतमा हटाउनु हुँदैन भन्ने तर्कमा छ। यी दुईको स्वार्थको फाइदा राजनीतिक नेतृत्वले उठाउँदै आएका छन्। प्रहरी कर्मचारीलाई आफ्नो काबुमा राख्न नेताहरुलाई यस्तो कुराले धेरै मलजल गरेको प्रहरी अधिकारी नै बताउँछन्।

३० वर्षे हटाउने र राख्ने खेलमा मुख्यत: तीन कुरा महत्त्वपूर्ण छन्– असुरक्षाको भावना, स्वार्थ र करिअर। यस्तो खेलले प्रहरी अधिकारीहरुले आफ्नो जागिरमै असुरक्षा महसुस गर्ने र त्यसको असर दैनिक पुलिसिङ, अपराध अनुसन्धानमा देखिन्छ। 

‘यसमा नेताहरुलाई मात्र दोष दिन मिल्दैन। यसमा ठूलो स्वार्थ प्रहरीभित्र पनि छ,’ नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्। आफू छिटो माथिल्लो पदमा पुग्न ३० वर्षे लागू गर्नुपर्छ भन्ने र पछि आफू नेतृत्वमा पुगेपछि ३० वर्षे हटाउन लबिङ गर्ने प्रवृत्ति पुरानै भएको मल्लले बताए। 

उनका अनुसार ३० वर्षे हटाउने र राख्ने खेलमा मुख्यत: तीन कुरा महत्त्वपूर्ण छन्– असुरक्षाको भावना, स्वार्थ र करिअर।

यस्तो खेलले प्रहरी अधिकारीहरुले आफ्नो जागिरमै असुरक्षा महसुस गर्ने र त्यसको असर दैनिक पुलिसिङ, अपराध अनुसन्धानमा देखिने उनको भनाइ छ। 

राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल ३० वर्षे ल्याउने र हटाउने खेलमा प्रहरी कर्मचारीले समेत साथ दिएका हुन्छन्। यसको असर प्रहरीको करिअरमा पर्ने मल्लको भनाइ छ।

करिअर नै के हुने भन्ने प्रस्ट नभएको बेला ती प्रहरी अधिकारीबाट उत्कृष्ट कामको अपेक्षा गर्नु बेकार हुने विज्ञहरु बताउँछन्।

उत्तम विकल्प के?
सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६५ ले प्रहरीमा अवकाशको आधार उमेर र पदावधि मात्रै कायम राख्दै ३० वर्षे सेवा अवधि हटाउनुपर्ने सुझाव दिएको थियो। प्रशासन पुनर्संरचना आयोगअन्तर्गत नेपाल प्रहरी सुधार सुझाव कार्यदलको सांगठनिक एवं पुनर्संरचनासम्बन्धी प्रतिवेदन, २०६६ ले पनि ३० वर्षे सेवा अवधि हटाउन सुझाव दिएको छ।

पूर्वआइजिपी कुबेरसिंह राणा नेतृत्वको आयोगले पनि दुई वर्षअघि ३० वर्षे सेवा अवधि हटाउन सुझाव दिएको थियो। यी विभिन्न आयोगका सुझावबाट ३० वर्षे सेवा अवधि हटाउनुको विकल्प नरहेको केही प्रहरी अधिकारी बताउँछन्।

राज्यले लाखौं रुपैयाँ खर्च गरेर तयार गरेको दक्ष जनशक्ति ५८ वर्षको उमेरसम्म सेवामा रहने प्रावधान भए पनि ३० वर्षे सेवा अवधिका कारण ५०/५२ वर्षको उमेरमै घर जान बाध्य छन्। यसको फाइदा राज्यले लिन सकिरहेको छैन। 

प्रहरी निरीक्षकमा भर्ना भएका व्यक्ति ३० वर्षसम्म जागिर खाँदा पनि अझै कसरी जागिर लम्ब्याउन सकिन्छ भन्दै दाउ हेर्ने गरेको देखिन्छ।

त्यसैगरी राज्यलाई पर्ने आर्थिक भार पनि कम हुने भएकाले ३० वर्षे सेवा अवधि हटाउनुको विकल्प नरहेको बताइन्छ।

तर, ३० वर्षे सेवा अवधि हटाउने नाममा रातारात हटाउन नहुने पूर्व डिआइजी मल्लको भनाइ छ। उनी भन्छन्, ‘कुन ब्याचबाट हटाउँदा सबैभन्दा कम असर पर्छ? दुई–चार–पाँच कति वर्षबाट हटाउँदा उपयुक्त ? त्यो कुरा पहिला राज्यले अध्ययन गर्नुपर्छ। अनि मात्र ३० वर्षे हटाउँदा राम्रो हुन्छ।’

स्वार्थ नबाझिएका केही बहालवाला प्रहरी अफिसर पनि सरकारले निर्णय गरेर ३० वर्षे सेवा अवधि निश्चित वर्षपछि हटाउनुपर्ने बताउँछन्।

योसँगै राज्यले सोच्नुपर्ने अर्को महत्वपूर्ण कुरा प्रहरीकै तल्लो दर्जाका कर्मचारीको पनि हो। उही प्रहरी संगठनको सिपाहीमा भर्ना भएकाहरुले पेन्सन कहिले पाक्ला भन्दै दिन गनेर बस्ने, अझ कतिपय त बीचमै जागिर छाड्ने अवस्था छ। तर प्रहरी निरीक्षकमा भर्ना भएका व्यक्ति ३० वर्षसम्म जागिर खाँदा पनि अझै कसरी जागिर लम्ब्याउन सकिन्छ भन्दै दाउ हेर्ने गरेको देखिन्छ। 

भोलिका दिनमा तल्लो दर्जाका प्रहरी कर्मचारीकै अभाव हुन सक्ने अवस्था आउन नदिन राज्यले तल्लो दर्जाका प्रहरी कर्मचारीको सेवा सुविधा थप गरेर अनिवार्य अवकाशको समयसम्म लम्ब्याउनतर्फ ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
मधेशमा बजेट विवाद :  प्रदेशसभा बैठक स्थगित, कार्यदल संयोजकबाट सभामुखको राजीनामा शनिबार, असार २८, २०८२
चार वर्षपछि फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज शनिबार, असार २८, २०८२
देशमा केही भएन भन्ने भाष्य गलत: उपप्रधानमन्त्री सिंह शनिबार, असार २८, २०८२
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल शनिबार, असार २८, २०८२
गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्