टुरिन– इटालियन सिरि एको लिडर युभेन्ट्सले अग्रता १४ अंकमा पुर्याएको छ। युभेन्ट्सले शुक्रबार भएको खेलमा फ्रोसिनलाई ३–० गोलले पराजित गर्दै अग्रता बढाएको हो।
युभेन्ट्सका लागि पाब्लो डिबालाले छैटौं मिनेटमा पहिलो गोल गरे। १७ मिनेटमा बुनुचीले युभेन्ट्सका लागि दोस्रो गोल गरे।
क्रिस्टियानो रोनाल्डोले ६३ मिनेटमा अर्को गोल थपेपछि युभेन्ट्स जिततर्फ लम्केको थियो। सिजनमा रोनाल्डोको यो २१औं गोल हो।
लिगको शीर्ष स्थानको युभेन्ट्सको २४ खेलबा६ ६६ अंक छ। दोस्रो स्थानको नापोलीको २३ खेलबाट ५२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।