धनगढी–सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता गर्ने भएको छ। प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुने आईतबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो।
प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्र्तगत महिला र पुरुषतर्फको खेल हुने छ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुने छ।
प्रतियोगिता औपचारिक रुपमा चैत १ गते शुरु भएपनि फुटबल र क्रिकेट प्रतियोगिता भने फागुन २९ गतेदेखि नै शुरु हुने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । उनले फुटबल र क्रिकेटमा लिग प्रतियोगिता हुने भएकाले दुई दिन पहिले नै सुरु हुने बताए । प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ।
मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैया“ पुरस्कार दिने सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले घोषणा गरेको छ।
त्यस्तै, उपविजेतालाई आठ लाख र तृतीयलाई पा“च लाख पुरस्कार घोषणा गरेको हो । सामाजिक विकास मन्त्री सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १० हजार रुपैया“ पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए।
संघात्मक शासन व्यवस्थापछि सुदूरपश्चिम प्रदेश सरकारले खेल मार्फत् सुदूरपश्चिमको पर्यटन विकासका लागि पहिलो पटक मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने मन्त्री सुवेदीले बताए।
मन्त्रालयले खेलकुद प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति गठन गरी तयारी तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालयका सचिव ईञ्जिनियर गोगनबहादुर हमालले उपसमितिहरुले आफनो काम शुरु गरिसकेको बताए । उनका अनुसार मेडल, प्रमाणपत्र तथा ट्रफीको तयारी भइसकेको छ भने खेलाडी पोषाक, खेल मैदान छनौट, निर्णायक, रेफ्री सम्बन्धी प्राविधिक काम भइरहेका छन्।
सचिव हमालले खेलकुद मार्फत् सरकारले सुदूरपश्चिमको आर्थिक विकास गर्ने लक्ष्य लिएको बताए । उनले खेलकुद प्रतियोगितामा आउने खेलाडी लगायतका सहभागीले सुदूरपश्चिमको पर्यटन विकासमा समेत सहयोग पुग्ने बताए।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले आउँदो चैत १, २ र ३ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न हुने खेलकुद प्रतियोगिताको निर्देशिका पारित गरेको हो। सामाजिक विकास मन्त्रालयले यसअघि सो प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।