काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले स्वतन्त्र मधेस गठबन्धनसँग भएको सम्झौताबारे सदनमा छलफल गराउन माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले सहमतिको पृष्ठभूमि र शैलीले अदालत र सरकारको बीच कतै मिलिभगत त चलिरहेको हो कि भन्ने गम्भीर प्रश्न उठाएको बताए।
थापा गरेको सम्बोधन यस्तो छ–
नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने भनी भएको सहमति सकारात्मक छ।
तर सहमतिको पृष्ठभूमि र शैलीले अदालत र सरकारको बीच कतै मिलिभगत त चलिरहेको छैन? भन्ने गम्भीर प्रश्न उठाएको छ।
सहमतिमा भएको शब्दावलीको दुई पक्षको आआफ्नो व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ।
केका लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह हामीलाई उत्तर चाहिन्छ। अत सहमतिको बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि जोडदार माग गर्दछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।