म्युनिख- इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखलाई समग्रमा ३-१ ले पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाएका हो।
पहिलो लेग गोलरहित बराबरीमा सकिएको अवस्थामा लिभरपुलले बुधबार राति भएको दोस्रो लेगमा वायर्नलाई उसकैको मैदानमा ३-१ ले पराजित गर्यो।
खेलको २६ मिनेटमा साडियो मानेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर लिभरपुलका मटिपले ३९ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा वायर्नलाई फाइदा पुग्यो। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ६९ मिनेटमा लिभरपुलले अग्रता लिन सफल भयो। भाब डेकले हेडमार्फत गोल गरेर लिभरपुललाई दोस्रो पटक अग्रता दिलाएका हुन्।
८४ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-१ ले अघि बढेको थियो।
योसँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ। अन्तिम आठमा इंग्लिस क्लबहरु लिभरपुल, टोटनह्याम, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पुग्न सफल भए। यस्तै स्पेनिस महारथी बार्सिलोना, इटालियन क्लब युभेन्ट्स, पोर्चुगिज क्लब एफसी पोर्टो र डच क्लब अजाक्सले पनि क्वार्टरफाइइनलमा स्थान पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।