एजेन्सी– न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा गोलाबारी भएपछि बंगलादेश र न्युजिल्यान्डबीचको टेस्ट तत्कालका लागि स्थगित छ।
अल नूर र एक अर्को मस्जिदमा शुक्रबार स्थनिय समयअनुसार दिउँसो १ बजे आक्रमण भएपछि तेस्रो टेस्ट स्थगित गरिएको हो। खेल शनिबारदेखि सुरु हुने तय थियो।
गोलाबारीमा दर्जनौ व्यक्ति हताहत भएको अनुमान गरिएको छ। अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ।
बंगलादेशको क्रिकेट टिम शुक्रबार अभ्यासका दौरान अल नूर मस्जिदमा जान कार्यक्रम थियो। तर त्यहाँ पुग्नु केहि बेरअघि मस्जिदमा आक्रमण भएपछि टिम फर्किएको छ।
बस मस्जिततर्फ गइरहेको बेलमा आक्रमण भएको थियो। त्यसपछि खेलाडीहरु नजिकै हगले पार्कबाट मैदानतर्फ हतासमा हिडेर पुगेका थिए। अहिले खेलाडीहरु होटलमा फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।