धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी पीडितलाई एक करोड राहत दिने निर्णय गरेको छ। पर्सा र बारामा ज्यान गुमाएका परिवार, घाइते र विस्थापित परिवारलाई एक करोड राहत दिने निर्णय भएको हो।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए।
मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए। यस्तै मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दु:खसमेत व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।