अध्यक्षका उम्मेदवार श्रेष्ठ र पोखरेल
काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको जारी मत गणनामा लोकतान्त्रिक समूहका अध्यक्ष सुनिल पोखरेलले अग्रता लिएका छन्।
यसअघि प्रगतीशील–वामपन्थी समूहले अग्रता कायम गरेको थियो। दिउँसो ४ बजेसम्मको मतपरिणाममा पोखरेलले ७ सय ३४ मत पाएका छन् भने प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ६ सय ६९ मत प्राप्त गरेका छन्। ६५ मतले पोखरेल अगाडि छन्।
मध्याह्न १२ बजेसम्मको मत परिणाममा श्रेष्ठ करिब सय मतले अगाडि थिए।
हालसम्म मोरङ, इलाम, झापा, कास्की, सप्तरी, सिरहा लगायत जिल्लाको गणना भएको छ।
१० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो। उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको थियो। सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो। काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको थियो।
तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन्। कार्यसमिति २५ सदस्यीय हुनेछ। अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।