काठमाडौं– आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। शनिबार भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १ सय ८७ रन जोड्यो। मुम्बईका लागि क्वान्टन डे ककले ८१ रनको योगदान दिए। उनले ५२ बलमा ६ चौका र ४ छक्का हिर्काए। हार्दिक पाण्ड्याले ११ बलमा नटआउट २८ रन बटुले। त्यसअघि कप्तान रोहित शर्माले नटआउट ४७ रनको योगदान दिएका थिए।
१ सय ८८ रनको लक्ष्य राजस्थानले ३ बल खेल्न बाँकी छदा पार गर्यो। अन्तिम ओभरमा ६ रन चाहिएको स्थितिमा श्रेयस गोपालले तेस्रो बलमा चौका हिर्काए। त्यसअघि उनले पहिलो बलमा २ रन लिएका थिए। नी १३ रनमा नटआउट रहे। त्यसअघि जोश बटलरले ४३ बलमा ८ चौका र ७ छक्काको मद्दतमा ८९ रन जोडेर राजस्थानको जितको आधार तय गरेका थिए। राजस्थानक लागि सन्जु सामसनको ३१ रन पनि महत्वपूर्ण सावित रह्यो।
बलिङमा मुम्बईका क्रुनाल पाण्ड्या ३ विकेट र जसप्रीत बुमराहले २ विकेट हात पारे।
जारी लिगमा राजस्थानको यो ७ खेलमा दोस्रो जित हो। ७ खेलमा ४ जित हात पारेको मुम्बई तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।