काठमाडौं– गीतकार तथा गजलकार सुदन डोटेलले लेखेकाे गजल एल्बम ‘चुपचाप छौ तिमी’ काठमाडौंमा लोकार्पण गरिएको छ।
वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेलसहितका व्यक्तिले उक्त एल्बम लोकार्पण गरेका हुन्।
विमोचित ‘चुपचाप छौ तिमी’मा गायक आनन्द कार्कीको स्वर छ। सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गजललाई मनोहर सुनामले संगीत संयाेजन गरेका हुन्।
समारोहमा उक्त गजलको म्युजिक भिडियो पनि प्रिमियर गरियो। संगीतकार प्याकुरेलकै निर्देशनमा बनेको गजलकाे भिडियाेमा श्रीदेव भट्टराई तथा सारिका घिमिरेले अभिनय गरेका छन्।
भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन्। गजल गायनकै शैलीमा तयार पारिएको उक्त भिडियोमा गीतकार सुदन डोटेलसहित अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, विकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकार पनि देखिएका छन्।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।