काठमाडौं– जिम्मेवार सरकारी मन्त्रालयले नै कतिसम्म गम्भीर त्रुटि गर्छन् भन्ने कुरा हालै गरिएको समायोजन सूचीले पुष्टि गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारी समायोजन सूचीमा १३ वर्षअघि मृत्यु भइसकेका व्यक्ति पनि छन्।
ती हुन्, डडेल्धुराका तत्कालीन अहेब टेकबहादुर पाल।
उनको २०६३ माघ २७ गते मृत्यु भएको थियो।
उनलाई वर्तमान सरकारले डडेल्धुराको परशुराम नगरपालिकास्थित हेल्थ पोस्टमा समायोजन गरिएको छ।
मन्त्रालयले जारी गरेको कर्मचारी समायोजन अन्तर्गत स्वास्थ्यतर्फको चौथो तहका कर्मचारीको सूचीमा मृत्यु भइसकेका पालको नाम समावेश गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।