काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा पूर्व सचिव दिनेश थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
बुधबार भएको संसदीय सुनुवाइले थपलियाको नाम अनुमोदन गरेको हो।
थपलियालाई राष्ट्रपति विद्यादेवि भण्डारीले सपथ खुवाउने छिन्। त्यसपछि उनले उनले जिम्मेबारी लिने छन्।
सरकारले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयको बहालवाला सचिव थपलियालाई सिफारिस गरेको थियो।
सरकारले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयको बहालवाला सचिव थपलियालाई चैत ११ गते निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका थिए।
तीमध्ये चारवटा उजुरीमा थपलियाले कर्मचारी समायोजनमा मनपरी गरेको आरोप थियो।
त्यसका खण्डन गर्दै उनले आफ्नो कुनै नियोजित स्वार्थ नरहेको बताएका थिए।
थपलियालाई प्रमुख निर्वाचन आयुक्त बनाउन नहुने भन्दै नेपाली कांग्रेस काठमाडौं–४ का प्रदेश सभासद नरोत्तम वैद्यले सार्वजनिक रूपमै उजुरी हालेका थिए।
उनले थपलिया नेकपा निकट रहेको र संवैधानिक परिषदबाट सिफारिस हुँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अनुपस्थित भएको अवस्था उल्लेख गरेका थिए।
प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहेको संवैधानिक परिषद बैठकमा प्रतिपक्षी अनुपस्थित रहेको अवस्थामा थपलियालाई सिफारिस गरिएको उनले उल्लेख गरेका छन्।
त्यस्तै सुनुवाई समितिले समावेशी आयोगको सदस्यमा सिफारिस भएकी विष्णुमाया ओझाको नाम पनि सर्वसम्मतले अनुमोदन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।