बेगुसराय, विहार- विहार राज्य अन्तर्गत बेगुसरायका लागि भारतीय कम्युनिष्ट पार्टीका उम्मेद्वार कन्हैया कुमार निर्वाचन प्रचारप्रसारमा निकै व्यस्त बनेका छन्।
प्रचारप्रासारका लागि आफू पुगेजति मन्दिरमा पस्दै जितका लागि भगवानसमक्ष आशिर्वादसमेत माग गरिरहेको उनीनिकट सहयोगीले बताएका छन्।
मंगलबार मात्र कन्हैया कुमारले बेगुलसरायका ७ मन्दिर पुगेर पूजाआजा गरे। उनले कल्याणेश्वरनाथ महादेव मन्दिर, कृष्ण मन्दिरलगायतका मन्दिरमा पूजा गरेका थिए।
कम्युनिस्ट भएर पनि उनले मन्दिरमा पूजा गरेको भन्दै विश्लेषकले आलोचना गरेका छन्। तर जनताको धर्म नेताको पनि धर्म भएको भन्दै केही विश्लेषकले उनको बचाउ समेत गरेका छन्।
उनको निर्वाचन क्षेत्र भएको रामादिरी पञ्चायतमा विद्यालय भन्दा बढीको संख्यमा ठुला मन्दिर रहेका छन्।
उनको निर्वाचन प्रचार गर्न भारतका विभिन्न स्थानबाट सहयोगीहरु आएका छन्।
उनीविरुद्ध भारतीय जनता पार्टीका तर्फबाट गिरिराज सिंहले चुनाव लड्दैछन्।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।