• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
मण्डलामा गुरुकुलको आत्मा
64x64
डिबी खड्का शुक्रबार, साउन १०, २०७६  ११:४०
1140x725

‘जीव मर्दैन, उसको आत्माले भौतिक शरीर छाड्ने हो,’ पूर्वीय दर्शनको मान्यता हो। यसैमा आधारित भएर लेखिएका अनेक ग्रन्थ पढ्न पाइन्छ। किंवदन्ती पनि सुनिन्छ। शंकर लामिछानेले धेरै वर्षअघि यही विषयमा दिमाग खियाएर लेखे– आत्माको मीमांसा। एउटा मनोचिकित्सकको आत्मासम्म पुग्ने ‘दुष्प्रयास’ उक्त कथामा छ।  त्यो वर्षाैंपछि नाटक ‘मीमांसा’ मार्फत दृष्यमा चित्रण गरिएको छ।

वर्तमान पुस्तालाई नाटकको असली स्वाद चखाइरहेको पुरानो बानेश्वरस्थित ‘गुरुकुल’ले भौतिक शरीर २०१२ मै छाड्यो। यसका ‘आत्मा’ सुनिल पोखरेल भड्किरहे! आत्माका चेला आत्माहरु पनि त्यसैगरी भड्किरहे। 

भौतिक रुपमा बन्द ‘गुरुकुल’को आत्मा मण्डला थिएटरको शरीरमा पसेको छ। जसरी नाटकमा डा हरिहर सिग्देल आफ्ना चेला डा अतुल चापागाईंको शरीरमा उनकी मृत श्रीमतीको आत्मा बोलाउने प्रयास गरिरहन्छन्। 

दर्शकलाई नाटकको स्वादमा पल्काएर अप्रत्यासित रुपमा गुरुकुल बन्द गर्नु परेपछि पीडामा रहेका पोखरेल झन्डै सात वर्षपछि ‘फर्म’मा देखिन्छन्। डा हरिहर सिग्देलका रुपमा उनलाई देख्दा दर्शकलाई महसुस हुन्छ– नाटकका पर्यायवाची पोखरेलले अभिनय बिर्सेका रहेनछन्! किनभने पछिल्ला वर्षहरुमा उनी हम्मेसी नाटकमा नझुल्किँदा प्रशंसकलाई उनको पुरानो अभिनयकौशल फेरि देख्न नपाइने हो कि भन्ने पीर थियो। 

रंगकर्मी पोखरेलमा डा हरिहरको आत्मा पसाइदिने काम चाहिँ प्रवीण खतिवडाले गरेका हुन्। मञ्च वा फिल्ममा आफूलाई अब्बल अभिनेताका रुपमा प्रस्तुत गरिसकेका खतिवडाले आफूलाई निर्देशकका रुपमा पर्गेलेका छन्। उनको काम प्रशंसनीय नै छ । तर पहिल्यै माफी माग्दा ‘सात खुन माफ’ पाउने मनोविज्ञानबाट प्रभावित भएर उनले अभिव्यक्ति दिएका छन्, ‘निर्देशक बन्ने साहस मलाई कहिल्यै आउँदैन। आउन सक्दैन पनि। कारण, मेरो नजरमा निर्देशक देवता हो। सुनिल पोखरेल हो। र, म त सिर्फ सोखको साधन, एउटा इच्छा पूर्तिमात्र गरिरहेको थिएँ। खुसी लाग्छ, जब तपाईंले मेरो ठट्टालाई पत्याइदिनुहुन्छ।’

लामिछानेको कथालाई नाटकमा परिणत उनैले गरेका हुन्। उनको जीवनमा सुखद् संयोग जुरेको छ, आफ्ना प्रिय लेखकको कथामा आदर्श व्यक्तित्व पोखरेललाई अभिनय गराउने। त्यसैले कुनै कसुर बाँकी राखेका छैनन्, केही प्राविधिक गल्तीहरु बाहेक। लामिछानेबाट कतिसम्म प्रभावित छन् भन्ने उनको यो अभिव्यक्तिबाट थाहा लाग्छ ‘लामिछानेको लेखाइ, प्रभाव मभित्र कहिलेसम्म रहन्छ थाहा छैन। जे भए पनि उनी आत्मीय लाग्छ सधैं। उनकै शब्दहरु सापट लिन्छु।’

थिएटरमा राजकुमार पुडासैनी सधैं आफूलाई चुनौती दिइरहन्छन्। यसपल्ट उनले चुनौती दिएका छन्। सुनिल पोखरेलसँग उनलाई ‘गुरु गुण, चेला चिनी’का रुपमा महसुस गर्नुभयो भने पनि अन्याय हुँदैन। नाटकप्रेमीका लागि विजय बराल बानी भइसकेका छन्। स्वभाविक ठट्टा गर्ने भूमिकामा उनी कहिल्यै अस्वभाविक देखिएका छैनन्। कलाकारको सूचीमा निशा शर्माको नाम सबैभन्दा माथि नराखेको भए पनि हुन्थ्यो। भूमिकाको आयतन अनुसार नामको क्रम मिलाइदिए दर्शकमाथि न्याय हुनसक्थ्यो। मञ्चमा घनश्याम जोशी, सुरज तमु, अर्जुन शिवाकोटी, मौसम खड्का, आलोक थामी, समित तामाङ र राज न्यौपाने पनि छन्। 

मञ्च निर्माणमा हुम बिसी र जोनेन क्षेत्रीको परिश्रम देखिन्छ। मञ्चका केही कुरा अलिकति चित्त बुझेका छैनन्। भन्नुपर्ने त निर्देशक खतिवडा र मुख्य कलाकार पोखरेललाई होला, ‘चिकित्साका ग्रन्थहरुको र्‍याकमा ब्रान्डी, लेबल र चुरोट पटक्कै सुहाएनन्। हुन त एक खोजमा तल्लिन डाक्टरको मनोदशा उतार्न वा उसको मनोदशा बिथोल्न ती पदार्थ जरुरी ठानिए होलान्। अनि सुनिल सर, ती पदार्थ पिउनु तपाईंको स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा हामीलाई भन्दा बढी तपाईंलाई नै थाहा छ। तर नाटकको स्वास्थ्यका लागि पनि स्वास्थ्यवर्द्धक लागेनन्। 

‘छोटी मुह, बढी बात’ भनेजस्तो लाग्ला । तर नाटकलाई ‘जीवन्त’ बनाउने नाममा तपाईं आफ्नै र दर्शकको ‘जीवन अन्त्य’ गर्नसक्ने ती पदार्थ नपिए हुँदैन र!

नाटकप्रेमीका लागि जानकारी दिउँ, शुक्रबारदेखि सुरु हुने नाटक साउन ३२ गतेसम्म चल्ने छ। सोमबार बाहेक हरेक दिन बेलुकी ५ः३० बजे र शनिबार दिउसो १ः०० बजे पनि धेरैलाई अवगत नै छ। 

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्