• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
प्यासेन्जर कारको वर्गीकरण : मिनी कारदेखि सुपर प्रिमियम एसयुभीसम्म, कुन कम्पनीको कुन कार?
64x64
शिव बोहरा बिहीबार, भदौ १२, २०७६  ११:३०
1140x725

काठमाडौं- कारबारे हामी सबै चासो राख्छौं। चासो मात्र राख्दैनौं, विश्व परिवेशमा विकास भएको कारको प्रविधि र मोडलसमेत जान्न उत्सुक हुन्छौं। विगतमा प्यासेन्जर कारको वर्गीकरण खासै जटिल थिएन। सामान्यतः कार, सेडान कार र स्पोर्टस् युटिलिटी भेइकल (एसयुभी)का रुपमा वर्गीकरण गरिन्थ्यो।

तर, अहिले प्यासेन्जर कारको वर्गीकरण विभिन्न सेगमेन्टमा हुने गरेको छ। कारको सिट क्षमता, त्यसको बनोट, सवारीको लेन्थ (अगाडिको बम्परदेखि पछाडिको बम्परसम्मको दूरी), इन्जिन क्षमता तथा सेगमेन्टकै आधारमा हुने गरेको छ। मुख्यरुपमा कार भन्नाले सामान्यतया चारवटा ढोका भएकालाई बुझाउँछ। यसको उदाहारणको रुपमा टाटाको नानो कारलाई लिन सकिन्छ।

ह्याचब्याक कार भन्नाले पाँचवटा ढोका भएको र पछाडिको ढोका अपलिफ्ट भएर खुल्ने कारलाई बुझाउँछ। पछिल्लो समय क्रसओभर सेगमेन्टको समेत विकास भएको छ। यसमा एसयुभीका केही विशेषता राखेर ह्याचब्याकको प्लेटफर्ममा उत्पादन गरिएको कार पर्छ।

त्यस्तै कम्प्याक्ट एसयुभी, एसयुभी, प्रिमियम एसयुभी तथा सुपर प्रिमियम एसयुभी सेगमेन्टसम्मका कार नेपाली बजारमा उपलब्ध रहेका छन्।

यहाँ सवारीको सेगमेन्ट तथा त्यो सेगमेन्टमा नेपाली बजारमा हालसम्म भित्रिएका सवारीको पूर्ण विवरण समावेश गरिएको छ।

मिनी सेगमेन्ट
यो सेगमेन्टका कारमा ५ वटासम्म सिट क्षमता हुन्छ। ह्याचब्याक सेगमेन्टका कार जसको लेन्थ ३६ सय एमएमसम्म हुन्छ। यो सेगमेन्टका कारको इन्जिन क्षमता १.० लिटरसम्म हुन्छ।
•    हुन्डाई : सेन्ट्रो (पुरानो) र इओन
•    महिन्द्रा : इटू-ओ
•    मारुती : अल्टो र वेगनआर
•    रेनो : क्वीड

कम्प्याक्ट कार 
यो सेगमेन्टका कारमा पनि ५ वटासम्म सिट क्षमता हुन्छ भने लेन्थ ३६ सय एमएमदेखि ४ हजार एमएमसम्म हुन्छ। १.४ लिटरसम्म इन्जिन क्षमताका कार हुने यो सेगमेन्टमा सेडान र बिग ह्याच कार हुन्छन्।
•    फियाट : पाइलो, ग्रान्ड पुन्टो, एभेन्चुरा
•    फोर्ड : फिगो, फिगो एसपायर, फ्रिस्टाइल
•    जिएम : बिट, युभिए
•    होन्डा : ज्याज, ब्रियो, अमेज
•    हुन्डाई : आई-१०, जेट, आई-२०, ग्रान्ड आई-१०, एक्ससेन्ट, इलाइट आई-२० र नयाँ सेन्ट्रो
•    महिन्द्रा : भाइव
•    मारुती : इग्निस, स्विफ्ट, डिजायर, सेलेरियो र बलेनो
•    निसान/ड्याटसन : माइक्रो, गो, रेडिगो
•    रेनो : पल्स
•    टाटा : इन्डिका, इन्डिगो सिएस, जेस्ट, बोल्ट, टियागो र टिगोर
•    टोयोटा : लिभा ह्याचब्याक
•    फक्सवागन : पोलो, एमियो र पोलो जिटिआई

सुपर कम्प्याक्ट सेगमेन्ट
यो सेगमेन्टका कार ५ सिटसम्म, लेन्थ ४ हजारदेखि ४२ सय ५० एमएमसम्म, सेडान कार हुन्छन्। त्यस्तै इन्जिन क्षमता भने १.६ लिटरसम्म हुन्छ।
•    महिन्द्रा : भेरिटो
•    टोयोटा : इटियोस

मिड साइज
यो सेगमेन्टका कार पनि ५ सिटसम्म, लेन्थ ४२ सय ५० देखि ४५ सय र इन्जिन १.६ लिटरका हुन्छन्। त्यस्तै यो सेगमेन्टका कार सेडान तथा बिग ह्याच हुन्छन्।

     जिएम : एभियो, सइल
•    होन्डा : सिटी 
•    हुन्डाई : भर्ना
•    मारुती : सियाज
•    निसान : सन्नी
•    स्कोडा : र्‍यापिड
•    टाटा : इन्डिगो र मान्जा
•    टोयोटा : यारिस
•    फक्सवागन : भेन्टो र एमियो

एक्जुकेटिभ सेगमेन्ट
बडिस्टाइल सेडान, लेन्थ ४५ सयदेखि ४७ सय एमएमसम्म र इन्जिन क्षमता २.० लिटरसम्म भएका कार यो सेगमेन्टमा पर्छन्।

•    फियाट : लिनिया
•    जिएम : अप्ट्रा, क्रुज
•    हुन्डाई : एलेन्ट्रा
•    स्कोडा : अक्टिभा र लाउरा
•    टोयोटा : कोरोला
•    फक्सवागन : जिटा

प्रिमियम एक्जुकेटिभ सेगमेन्ट
यो सेगमेन्टमा एक्जुकेटिभ सेगमेन्टमा भन्दा फरक ३.० लिटरसम्म इन्जिन क्षमता हुन्छ।

•    होन्डा : एक्कर्ड
•    निसान : टिना
•    स्कोडा : सुपर्व
•    फक्सवागन : पसाट
•    एक्जुकेटिभ प्रिमियम स्पेसियालिटी
•    फोर्ड : मस्ट्याङ
•    टोयोटा : क्याम्री, प्रियस

स्पोर्टस युटिलिटी भेइकलअन्तर्गत कम्प्याक्ट एसयुभी सेगमेन्ट
यो सेगमेन्टका कारको लेन्थ ४४ सय एमएमभन्दा कम हुन्छ। त्यस्तै, कम्प्याक्ट एसयुभी सेगमेन्टका कारको इन्जिन क्षमता १२ सयदेखि १४ सय सिसीसम्म हुने गरेको छ।

•    फोर्ड ; इकोस्पोर्ट
•    होन्डा : मोबिलो, बिआर-भी, डब्लूआर-भी
•    हुन्डाई : क्रेटा
•    महिन्द्रा : क्वान्टो, थार, टियुभी-३००, केयुभी-१००, नुभो स्पोर्टस्
•    मारुती : जिप्सी, इर्टिगा, एस-क्रस, भिटारा ब्रेजा
•    निसान/ड्याटसन : इभालिया, टेरानो, गो प्लस, किक्स
•    रेनो : डस्टर, क्याप्चर
•    टाटा : सुमो, नेक्सन

मिड साइज एसयुभी
यो सेगमेन्टका कारमा ३.० लिटरसम्म इन्जिन क्षमता र लेन्थ ४४ सयदेखि ४७ सय एमएमसम्म हुन्छ।

•    जिएम : टाभरा, इन्जोई
•    होन्डा : बिआर-भी
•    महिन्द्रा : स्कर्पियो, जाइलो-एचटी, बोलेरो प्लस, एक्सयुभी-५००, टियुभी-३०० प्लस, माराजो
•    रेनो : लोजी
•    टाटा : सफारी, सुमो ग्रान्ड
•    टोयोटा : इनोभा

एसयुभी सेगमेन्ट
यो सेगमेन्टमा ४७ सय एमएमभन्दा ठूलो बडी साइज भएका एसयुभी पर्छन्।

•    इसुजु : भी-क्रस
•    टाटा : जेनोन, हेक्जा
•    टोयोटा : रस

प्रिमियम एसयुभी सेगमेन्ट
प्रिमियम एसयुभी सेगमेन्टका सवारीको लेन्थ ४७ सय एमएमभन्दा बढी हुन्छ।

•    एफसिए : जिप कम्पास
•    फोर्ड : इन्डेभर
•    जिएम : क्यापटिभा, ट्रेलब्लेजर
•    एचएम मोटर : पजेरो स्पोर्टस्, पवेरो एसएफएक्स, आउट ल्यान्डर
•    होन्डा : सिआर-भी
•    हुन्डाई : सान्टाफे, टूसान
•    इसुजु : एमयू-७, एमयू-एक्स
•    स्याङयोङ (महिन्द्रा) : रेक्स्टन, अल्टुरस जी-फोर
•    टोयोटा : फर्चुनर, र्‍याभफोर

सुपर प्रिमियम एसयुभी
यो सेगमेन्टका सवारीको आकार प्रिमियकै जस्तो भए पनि सवारीमा उपलब्ध विशेषताका आधारमा सुपर प्रिमियम एसयुभीका रुपमा वर्गीकरण गरिएको हो।

•    स्कोडा : कोडियक
•    टोयोटा : प्राडो, ल्यान्ड क्रुजर
•    फक्सवागन : टोरेग, टिगुवान

यो वर्गीकरण भारतको सवारी उत्पादकहरुको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले २०१९ को फेब्रुअरी ८ मा गरिएको सर्कुलर र अन्य देशका नेपालमा आउने सवारीलाई आधार मानेर गरिएको हो।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्