काठमार्डौ– ललितपुरस्थित निदान अस्पतालमा भएको मिर्गौला तस्करी प्रकरणको मुद्दा उच्च अदालत पाटन पुगेको छ । जिल्ला अदालत लतिलपुरले मुद्दा दायर भएका सवै प्रतिवादीहरुलाई तत्काल प्राप्त प्रमाणको आधारमा दोषी ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको उक्त आदेशलाई चुनौती दिँदै निदान अस्पतालका कानुनी सल्लाहाकार कुमुदकुमार भट्टराई उच्च अदालत पाटन पुगेका हुन्।
जिल्ला अदालतले मिर्गौला तस्करी आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। ललितपुर जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई मंगलबार पुर्पक्षका लागि जेल चलान गरिएको हो। उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप थियो । यसरी मिलेमतोमा रामेछाप दोरम्बा– ३ का शंकर लामा योञ्जनलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
मानव बेचविखन मुद्दामा पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले अस्पतालका अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई प्रहरीले गत असोज २९ गते पक्राउ गरेको थियो ।
मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरु विरुद्ध मानव वेचविखन तथा ओसार प्रसार र मानव अंग मृगौला झिकेको मुद्दा लगाएको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले भट्टराईको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । उच्चले पहिलो सुनुवाईमा जिल्ला अदालत ललितपुरले गरेको आदेश माग गरेको हो र अर्को सुनुवाईमा थुनामा पठाउने बारे निर्णय गर्नेछ ।
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।