काठमाडौं – नेपाल चिकित्सक संघले नयाँ वर्ष २०८२ को पहिलो दिन वाकाथन गरेको छ । संघले डा. किशोर खत्रीको संयोजनमा माइतीघरदेखि बिजुलीबजार हुँदै पुनः माइतीघरसम्म वाकाथन गरेको हो ।
‘स्वस्थ समाज हाम्रो चाहना, बिहानीको हिँडाइ हाम्रो साधना’ भन्ने नारा साथ वाकथन गरिएको हो । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निरोधात्मक अभियान अन्तर्गत वाकाथनको आयोजना गरेको जनाएको छ ।
वाकाथनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, अभिनेता राजेश हमालसहित चिकित्सक तथा स्वास्थ्य क्षेत्रकाका साथै अन्य विभिन्न पेशा व्यवसायमा आवद्धहरुको सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।