• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
विदेशी दुराचारीको ‘गिद्धेदृष्टि’ नेपाली बालबालिकामा  
64x64
नारायण अधिकारी मंगलबार, मंसिर २४, २०७६  ०६:३०
1140x725

काठमाडौं- अमेरिकी नागरिक जेसन लोल्डी मुड्डीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गत शुक्रबार बाल यौन दुराचार गरेको अवस्थामा पक्राउ गर्‍यो। 

उनलाई एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट पक्राउ गरिएको थियो। त्यसक्रममा अर्धनग्न अवस्थामा तीन बालिकाको समेत उद्दार गरिएको सिआइबीका एसपी बेलबहादुर पाण्डेले बताएका छन्।

पक्राउ परेका ४० वर्षीय मुड्डी गत अक्टोबरमा नेपाल आएका थिए। उनी नेपाली भाषा सिक्ने भन्दै विश्वभाषा क्याम्पसमा समेत भर्ना भएको अनुसन्धानबाट खुलेको छ।

उद्दार गरिएका तीनै बालिका अति गरिब परिवारका छन्। उनीहरुलाई आर्थिक सहयोग गर्ने प्रलोभन देखाएर मुड्डीले यौन शोषण गर्दै आएका थिए।

राहदानी नम्बर ५६७४७२५३५ नम्बरका मुड्डीको साथबाट प्रहरीले अन्य दुई थान अमेरिकी राहदानीसमेत बरामद गरेको छ। साथमा ल्यापटप ३ थान, मोबाइल ४ थान, एटिएम कार्ड, चेकका स्लिप, मास्टर कार्डहरू र विश्वभाषा क्याम्पसको परिचयपत्रसमेत बरामद भएको छ। 

जसबाट उनी पढ्ने बहाना बनाएर यौन दुराचारकै लागि नेपाल आएको हुनसक्ने सिआइबीले अनुमान गरेको छ। प्रहरीले उनलाई जबरजस्ती करणीअन्तर्गतको कसुरमा म्याद थप गरेर अनुस्न्धान सुरु गरेको छ। उनीबाट अन्य बालबालिकासमेत पीडित हुनसक्ने प्रहरीले आँकलन गरेको छ। 

ब्यूरोका एसपी पाण्डेका अनुसार उनले गरिब परिवारका बालबालिकालाई खानलाउन दिने र अमेरिका लैजानेजस्ता प्रलोभन देखाएर यौनशोषण गर्दै आएका थिए।

यौन दुराचारका श्रृंखला

Ncell 2
Ncell 2

विदेशी नागरिकहरूले नेपाली बालबालिकामाथि यौन दुराचार गरेको घटना यो पहिलो भने होइन। गत चैत अन्तिम साता सिआइबीले फ्रान्सेली नागरिक जार्जेस इगोर सिमास्कीलाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरेको थियो।

ठमेलस्थित भगवतीस्थानमा रहेको एक होटलको पाँचौं तलाबाट सिमास्की पक्राउ परेका थिए। त्यसबेला उनीसहित एक नेपाली बालक आपत्तिजनक अवस्थामा भेटिएका थिए। 

जार्जेसले फ्रान्समा समेत बाल यौन दुराचार गरेका थिए। १९ वर्षअघि फ्रान्समा बालबालिकालाई विभिन्न प्रलोभन देखाएर दुराचार गरेको आरोपमा सन् २००० मा फ्रान्स प्रहरीले समेत उनलाई पक्राउ गरेको थियो।

फ्रान्समा बाल यौन दुराचारमा सजाय काटिसकेपछि भने उनले नेपाललाई गन्तव्य बनाएर  अपराध गरेका थिए। उनी नेपालमा ७ पटकसम्म आएको अनुसन्धानबाट खुलेको छ। पहिलोपटक सन् २०१४ मे १० मा नेपाल प्रवेश गरेका जार्जेस त्यसपछि पटक–पटक नेपाल आएर बालयौन दुराचार गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो। 

नेपाल आएका उनले ‘म अनाथ बालबालिकालाई पढाउन सहयोग सहयोग गर्छु, भूकम्पका समयमा आउन पाइनँ, अहिले सहयोग गर्न आएको’ भन्दै प्रलोभन देखाएर बालयौन दुराचार गर्दै आएका थिए। 

यसरी विभिन्न देशहरूबाट नेपाल आएर यौन दुराचारमा संलग्न विदेशीको संख्या बढ्दै गएको छ।  सिआइबीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि अहिलेसम्म १३ विदेशी नागरिक र उनीहरूका २ सहयोगी पक्राउ परिसकेका छन्। उनीहरूबाट ३३ जनाभन्दा बढी बालबालिका पीडित भएको प्रहरीले जनाएको छ।

यौन दुराचारको आरोपमा पक्राउ परेका विदेशी

– केनेथ जोसेफ कम्बोस (अमेरिकी नागरिक) – २०७३ गत भदौ २४ गते पक्राउ
उनका सहयोगी लुच्चे भनिने बुद्ध पतुवारसमेत पक्राउ
–अल्बर्ट फ्रेड किन्लेक (जर्मन नागरिक) – २०७४ असार १५ गते पक्राउ
– मार्कस केन्डलर (अस्ट्रियन नागरिक) – २०७४ भदौ २१ गते  
–हेनरिक्स एड्रियान्स जोसेफ्स क्रुइजसेन (डच नागरिक) – २०७४ कात्तिक २३ गते पक्राउ
–इयान रोबर्ट कोल (बेलायती नागरिक) – २०७५ माघ ५ गते पक्राउ (सहयोगी १७ वर्षका एक युवक पक्राउ) 
– जेराड फिलिप (फ्रान्सेली नागरिक) –२०७३ माघ ९ गते पक्राउ
– हान्स जर्गेन गुस्ताभ धाम )जमर्न नागरिक) – २०७४ पुस २९ गते पक्राउ
– पिटर जोन डल्गिस )क्यानेडियन नागरिक) – २०७४ चैत २४ गते पक्राउ
– पिट हिन वान टेरिसागा (डच नागरिक) – २०७५ जेठ ३१ गते पक्राउ
– क्रिस्टोफ गुइलुक्स (फ्रान्सेली नागरिक) – २०७५ साउन ६ गते पक्राउ
– डेनिस म्याथ्यु मिसेल चुपाउ (फ्रान्सेली नागरिक) – २०७५ साउन ६ गते पक्राउ
– जार्जेस इगोर सिमास्की (फ्रान्सेली नागरिक) – २०७५ चैत २९ गते पक्राउ
– जेसन लोल्डी मुड्डी (अमेरिकी नागरिक) – २०७६ मैसिर २० गते पक्राउ

दुराचारका लागि १६ पटकसम्म नेपाल, भिआइपीसमेत पक्राउ

पक्राउ परेकामध्ये केही व्यक्ति दुराचार गर्नकै लागि १६ पटकसम्म नेपाल आएको पाइएको छ।

गत माघ ५ गते पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल तीन वर्षअघि मात्र बेलायतमा बाल यौन दुराचारको आरोपमा पक्राउ परेर छुटेका व्यक्ति हुन्। उनी २०६६ देखि लगातार १६औं पटक नेपाल आएको र बाल यौन दुराचारसम्बन्धी कार्य गर्दै आएको अनुसन्धानमा खुलेको थियो। 

उनले एक मधेशी मुलका युवकलाई आर्थिक प्रलोभनमा पारेर बालबालिका उपलब्ध गराउने जिम्मासमेत दिएका थिए। कोलको एटिएम कार्डसमेत तिनै युवकले लिएर खर्च गर्दै आएको अनुसन्धानबाट खुलेको थियो। 

अमेरिकी नागरिक कम्बोस एप्स डिजाइनर भएको बताउँदै दुराचारमा संलग्न भएका थिए। उनलाई जिल्ला अदालत काठमाडौंले बाल यौन दुराचार गरेको पुष्टि गर्दै ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ। उनी अहिले कैद जीवन बिताइरहेका छन्।

कम्बोसलाई बालक उपलब्ध गराउने काठमाडौंको स्वयम्भूका २१ वर्षीय ‘लुच्चे’ भनिने बुद्ध पतुवारलाई ४ वर्षको कैद सजाय सुनाइएको छ। उनले कम्बोसलाई १२/१४ वर्ष बालबालिका उपलब्ध गराएको खुलेको छ। 
पक्राउ पर्नेमा अन्य भिआइपी व्यक्तिसमेत छन् । क्यानडेली नागरिक ६० वर्र्षीय पिटर ३ वटा मानार्थ विद्यावारिधि प्राप्त गरेका व्यक्ति हुन्। उनी स्ट्रिट किड्स इन्टरनेसनलको संस्थापक, युएन हेबिटान्ट अफगानिस्तान अफ कन्ट्री रिप्रिजेन्टेटिभको रुपमा सन् २०१० देखि २०१४ सम्म कामसमेत गरेका थिए। त्यस्तै, उनी डब्लुएचओको सिनियर अर्बान एड्भाइजरको रुपमा लाइबेरियामा र डब्लुएफओको डार्फरमा समेत काम गरिसकेका व्यक्ति हुन् ।

पिटरले नेपालमा हिमालयन कम्युनिटी फाउन्डेसन नामको संस्थासमेत सञ्चालन गर्दै आएका थिए। जहाँ उनले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेका थिए। गरिब परिवारका बालबालिकालाई पढाइ दिने, विदेश घुमाइ दिने, ठूलो भएपछि जागिर लगाइ दिनेजस्ता विभिन्न प्रलोभनमा पारी समाजसेवीको आवरणमा स–साना बालकलाई यौन दुराचार गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो।

यसरी यौन दुराचारीहरू नेपाली बालबालिकालाई सिकार बनाउन पर्यटक भिसामा भित्रिने गरेको तथ्य विगतमा पनि सार्वजनिक नभएका होइनन्। नेदरल्यान्डका माइसेन हेन्ड्रिक वोटोलाई सर्वोच्च अदालतले २०६९ कात्तिकमा यौन दुराचार मुद्दामा दोषी ठहर गरेको थियो। यौन दुराचारका लागि उनले बाल सुधार गृह नै खोलेको फैसलामा उल्लेख थियो।

थाइल्यान्ड, बर्मा, मलेसियाजस्ता देशमा यौन दुराचारसम्बन्धमा कठोर कानुन बनेपछि यौन दुराचारीले नेपाललाई गन्तव्य बनाएको सिआइबीले जनाएको छ। विदेशी भन्नेबित्तिकै सजिलै विश्वास गर्ने हुनाले पनि यौन दुराचारीले नेपाली बालबालिकामाथि निशाना बनाएको सिआइबीका एसपी पाण्डे बताउँछन् । 

मुख्य निसानामा गरिब बालबालिका

बाल यौन दुराचारको आरोपमा पक्राउ परेका अस्ट्रियाका केन्डलर सन् २०१४ देखि नेपाल आउन थालेका थिए। उनी ६ पटकसम्म नेपाल आएको अनुसन्धानमा देखिन्छ। केन्डलर तीनै पटक नेपाल आउँदा सुविधासम्पन्न काठमाडौंमा नबसेर विकट धादिङको गोगन गाउँ पुग्थे। गोगनका स्थानीयका अगाडि उनी समाजसेवी बन्थे। उनले गरिब र कम शिक्षित बालबालिकालाई शैक्षिक सामग्री, कपडा, खेलौनालगायतका सामान वितरण गर्थे। खान लगाउन पाएपछि उनीसँग झ्याम्मिएका बालबालिकालाई काठमाडौं ल्याएर उनले यौन दुराचारमा फसाउँथे।

उनीमात्रै होइन सबैजसो यौन दुराचारीले समाजसेवाको आडमा गरिब बालबालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएको देखिएको छ। अधिकांश दुराचारी पर्यटन भिसामा नेपाल आएर गरिब, कम शिक्षित र सडक बालबालिकालाई यौन दुराचार गर्ने सिआइबीको बुझाइ छ। अनुसन्धानबाट काठमाडौंका सडक बालबालिका, उपत्यका आसपासका जिल्ला धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका बालबालिकामाथि बढी यौन दुराचार हुने गरेको तथ्य फेला परेको छ।

बाल यौन दुराचारको आरोपमा कोटेश्वरबाट पक्राउ परेका हेनरिक्स एड्रियान्स जोसेफ्स क्रुजसेनले बालकको परिवारलाई टिभी किनिदिएका थिए। अस्ट्रियाका केन्डलर बालकलाई पाइन्ट, टिसर्ट र खेलौना किनिदिन्थे। कोलको एटिएम नै बालबालिका ल्याउन प्रयोग गरिएका एक भारतीय युवकसँगै हुन्थ्यो। घुमाउन लैजाने, खानेकुरा, खेलौना किनिदिने र गरिब परिवारका बालबालिकालाई केही सहयोग गरेकै आधारमा विश्वासमा लिएर यस्तो दुष्कर्ममा फसाउने गरेको सिआइबीले जनाएको छ । 

उनीहरूले बालबालिकालाई उत्तजेनामा ल्याउने, अश्लील भिडियो देखाउने, नग्न फोटो भएका किताब तथा तस्बिर देखाउनेसमेत गरेको पाइएको छ। यसअघि पक्राउ परेका केही व्यक्तिबाट कामसूत्र लेखिएको नग्न तस्बिर भएको एउटा पुस्तकसमेत बरामद भएको घटनाले यसलाई पुष्टि गर्छ । पोर्न भिडियो देखाउन प्रयोग गरिएको ट्याब तथा वाइनका बोतल पनि बरामद भएका थिए।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ मा बाल यौन दुराचारका बारेमा उल्लेख छ। दफा २२५ अनुसार ‘बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने’ उल्लेख गरिएको छ।

बालबालिकासँग कुनै किसिमको यौनजन्य व्यवहार गरेमा समेत यौन दुराचार मानिने संहितामा बताइएको छ। बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडितको उमेरका हिसाबले १० वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। पीडित बालबालिकालाई पीडकबाट क्षतिपूर्तिसमेत भराउनु पर्ने उल्लेख छ। यो सजाय अन्य देशको तुलनामा कम भएको प्रहरी अधिकारी नै बताउँछन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल... बिहीबार, असार २६, २०८२
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
ताजा समाचारसबै
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
अब चेक बाउन्स प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने बिहीबार, असार २६, २०८२
रासायनिक मल अझै ९१ हजार मेट्रिक टन मौज्दात छ, किसानलाई अभाव नहुनेगरी वितरण भइरहेको छ : कृषिमन्त्रीको अधिकारी बिहीबार, असार २६, २०८२
मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त बिहीबार, असार २६, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्