काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा दिपक अर्याल नियुक्त भएका छन्।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रा. डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दिपक अर्याललाई सिफारिस गरेको थियो।
उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो। बरालले दिएको राजीनामा ओलीले गत चैत २८ गते स्वीकृति गरेका थिए।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।