काठमाडौँ– स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाङ जियान रहेका छन्।
सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी स्वयम्भू भाडामा बस्दै आएका थिए उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको छ।
गोप्य सूचनाको आधारमा परिसर र प्रहरी वृत्त बौद्धसमेतको टोलीले बौद्धको नयाँ बस्ती स्थित एक कोठामा छापा मार्दा सो रकम फेला पारेको थियो।
यो रकम हुण्डीको हुन सक्ने प्रहरीको आशंका छ। यसबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।