काठमाडौं– नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेका छन् ।
बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार- ६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएका छन् ।
हालसम्म ५१ पुरुष र ४ महिला गरी ५५ जनाको उद्धार भइसकेको छ । प्रहरी, सेना र सशस्त्रको संयुक्त उद्धार टोली त्यहाँ सक्रिय छ । बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।