• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सभामुखको आसनमा आजदेखि अग्नि: मुख्य चुनौती दुई कानुन र एक सम्झौता
64x64
डिबी खड्का मंगलबार, माघ १४, २०७६  १०:५७
1140x725

काठमाडौं– चार महिना सभामुखविहीन रहेको प्रतिनिधिसभा मंगलबारदेखि नियमित काममा फर्किंदैछ। अग्नि सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भएपछि प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुचारु हुन लागेको हो।

प्रतिनिधिसभामा २७ वटा विधेयक प्रक्रियामा छन्। विधेयक अधिवेशनका रुपमा समेत लिइने भएकाले यो अधिवेशनभर कानुन निर्माणले प्राथमिकता पाउने‍छ।

यो अधिवेशनका विधेयकका साथै नेपाल सरकारले विभिन्न मुलुकसँग गरेका सन्धिहरू पेस हुनेछन्। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कोअपरेसनबीच भएको अनुदान सहायता सम्झौतापत्र (एमसीसी) प्रतिनिधिसभा बैठकमा पेस हुने अपेक्षा छ। विश्व पर्यटन संगठनको विधानको धारा ३८ संशोधन सम्बन्धी प्रस्ताव, सुक्खा बन्दरगाह सम्बन्धी अन्तरसरकारी सम्झौता र क्योटो अभिसन्धिको दोहा संशोधन संसदमा पेश हुँदैछन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै विवादित एमसीसी अनुमोदनको विषय सभामुखका लागि सहज हुनेछैन। प्रतिनिधिसभाको यो अधिवेशनमा यो विषय चर्को रुपमा उठ्ने संकेत देखिसकेको छ। प्रतिनिधिसभालाई चुनौती केही कानुन निर्माणमा छन्। लामो समयदेखि विवादित ती विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभा अन्तर्गतका समितिलाई सकस परिरहेको छ।

प्रतिनिधिसभामा धेरै विवादमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ र संघीय निजामती सेवा विधेयक, २०७५ छन्। राज्यव्यवस्था तथा सुशासन समितिमा रहेका ती विधेयकलाई लिएर सडक संघर्ष समेत हुँदै आएका छन्। 

२०७५ साउन २२ गते नागरिकता विधेयक संसद सचिवालयमा दर्ता भएको थियो। तर दर्ता भएको डेढ वर्षसम्म पनि वैवाहिक अंगीकृत नागरिकता लगायतका व्यवस्थामा रहेको विवाद मिल्न सकेको छैन। प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टीले यो विधेयकका विभिन्न प्रावधानलाई लिएर  प्रतिनिधिसभाको अघिल्लो अधिवेशनका संसदमा चर्को विरोध गरेका थिए। विभेदपूर्ण प्रावधान रहेको भन्दै अधिकारकर्मीहरुले सडकमा प्रदर्शन समेत गरेका थिए।

विधेयकका विवादित विषय मिलाउन समितिले उपसमिति समेत गठन गरेको थियो। सवै दलका शिर्ष नेतृत्वको सहमति खोज्ने प्रयास भएको थियो। तर, सफलता हात लागेको छैन।

संघीय निजामती सेवा विधेयक, २०७५ राज्यव्यवस्था तथा सुशासन समितिमै छलफल भइरहेको छ। कर्मचारीको सेवा प्रवेश, समावेशी कोटा, बढुवा प्रणाली, समायोजनलगायतका विषयमा विवाद छ।

यी दुवै विधेयकमा राजनीतिक सहमति जरुरी रहेको समितिकी सभापति  शशी श्रेष्ठले बताउँदै आएकी छिन्। समितिले मात्रै सहमति जुटाउन सक्ने अवस्था नदेखिएकाले यसको जिम्मेवारी सभामुख सापकोटालाई आउनेछ।

प्रतिनिधिसभा अन्तर्गतका समितिहरूमा अहिले १५ विधेयक छन्। जसमध्ये केही समितिबाट पारित भइसकेका छन्। जुन मंगलबारदेखिका संसद बंठकमा पेश हुनेछन्। केहीमा भने समितिमा दफावार छलफल भइरहेको छ।

संसदीय समितिहरूमा बीमा विधेयक, नेपाल नागरिकता विधेयक, पारमाणविक विधेयक, संघीय निजामती सेवा विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक, खानेपानी तथा सरसफाइ विधेयक, विरुवा संरक्षण विधेयक, बीउ बिजन विधेयक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, लोकसेवा आयोग विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छन्।

राष्ट्रियसभामा दर्ता भइ पारित भएर प्रतिनिधिसभामा ५ वटा विधेयक आइपुगेका छन्। ज्येष्ठ नागरिक सम्बन्धी विधेयक, राष्ट्रिय खेलकुद विकास विधेयक, प्रमाण विधेयक, नागरिक लगानी कोष विधेयक र शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हुन्। यी विधेयकमाथि समितिले दफावार छलफल गरि सकेकाले प्रतिनिधीमा पेश हुँदैछन्।  

प्रतिनिधिसभा सांसदहरूले ८ विधेयकमाथि अध्ययन गरिरहेका छन्।  प्रतिनिधिसभाका सांसदहरूलाई शान्ति र सुरक्षा विधेयक, २०७५, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५, राष्ट्रिय सुरक्षा परिषद विधेयक, २०७५, राष्ट्रिय मानवअधिकार आयोग विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ अध्ययनका लागि वितरण भएको संसद सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्य... मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरेका हुन्। मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ। मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्