• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमसिसी अनुमोदनका लागि अमेरिकी संसदीय टोली काठमाडौंमा सक्रिय
64x64
नेपाल लाइभ शुक्रबार, फागुन ९, २०७६  १३:३१
1140x725

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण सकेर फर्किएको दुई साता पनि नबित्दै त्यसका पक्षमा ‘लबिङ’ गर्न अर्को अमेरिकी टोली नेपाल आइपुगेको छ। 

अमेरिकी संसदको विदेश मामिला समितिअन्तर्गत  एसिया र एसिया प्रशान्त क्षेत्र हेर्ने उपसमितिका संयोजक अमि बेरा नेतृत्वको ४ सदस्यीय टोली बिहीबार काठमाडौं आएको हो। 

भारत र श्रीलंका हुँदै आएको टोली नेपालमा निकै विवादित बनिरहेको एमसिसी अनुमोदनका लागि भेटघाटमा निकै सक्रिय भएको छ। 

नेपालस्थित अमेरिकी  दूतावासले भ्रमणको उद्देश्य अमेरिकी विदेश नीतिको प्रभावकारिता  र नेपालमा दिएको सहयोगको  मूल्यांकन गर्नु भएको उल्लेख गरेको छ। 

टोलीले हिजो नै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडासँग भेटघाट गरिसकेको छ। टोलीलाई अर्थ मन्त्रालयमा  भेटेका अर्थमन्त्री खतिवडाले एमसिसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने बताएका थिए। 

टोलीले शुक्रबार बिहान बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि  भेटघाट गरेको छ। 

अमेरिकी दूतावासका अनुसार टोलीले सरकारका अन्य वरिष्ठ अधिकारी, नागरिक समाजका अगुवा र एमसिसी कार्यान्वयन गर्न नेपालले गठन गरेको एमसिए नेपालका अधिकारीहरुसँग पनि  भेटघाट गर्ने छ । 

बढ्यो अमेरिकी ‘लबिङ’

एमसिसी संसदबाट अनुमोदन गर्न हुने या नहुने भन्ने विवाद उत्कर्षमा पुगेका बेला पछिल्लो समय अमेरिकी सक्रियता बढेको छ। 

यही विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला युरोप, एसिया, प्यासेफिक र ल्याटिन अमेरिकाका लागि एमसिसीका उपाध्यक्ष ब्रुक्स दुई साता अघि नेपाल आएका थिए।  

तीन दिने भ्रमणका क्रममा उनले एमसिए–नेपालका अध्यक्ष, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ लगायतसँग भेटवार्ता गरेका थिए।  त्यसअघि दक्षिण एसिया मामिला, सार्वजनिक कूटनीति तथा प्रेस हेर्ने अमेरिकी उपसहायक मन्त्री जोनाथन हेनिक नेपाल भ्रमण सकेर फर्किएका थिए। 

हेनिकले नागरिक समाजका प्रतिनिधि, थिंक ट्याङ्क, सरकारी अधिकारीसँग भेट गरेर एमसिसीका पक्षमा माहोल बनाउन लबिङ गरेका थिए । 

एमसिसीबारे नेकपाभित्रको मत ध्रुवीकृत भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए।  नेता नेपालको कोटेश्वरस्थित निवासमा भेटवार्ता गरेका अमेरिकी राजदूत बेरीले एमसिसीबारे जिज्ञासा राखेका थिए।

एमसिसीबारे सत्तारुढ नेकपाले ३ सदस्यीय कार्यदलको बनाएको  छ। नेकपा एमसिसीबारे टुंगोमा पुग्न नसकेपछि अमेरिकाले यसलाई संसदबाट  अनुमोदन गराउन कूटनीतिक ‘लबिङ’ बढाएको छ । 

कार्यदलको म्याद पाएको १०  दिनमा पनि सुझाव दिन नसकेपछि अध्यनलाई जारी राखेको छ । मंसिर २९ मा सुरु भई सात दिनसम्म चलेकोे नेकपा स्थायी कमिटिमा यसबारे तीव्र मत विभाजन देखिएपछि यसले अहिले राष्ट्रिय बहसको रुप लिएको छ। 

स्थायी समिति टुंगोमा पुग्न नसकेपछि यसबारे अन्तिम निर्णय लिने अधिकार सचिवालयलाई दिइएको थियो। अधिकांश शीर्ष नेतृत्व रहेको नेकपाको ९ सदस्यीय सचिवालयमा बहुमत सदस्य अहिलेकै स्वरुपमा एमसिसी पारित नगर्ने पक्षमा छन्। 

एमसिसीका मुख्य तीन कुरालाई लिएर अहिले  विवाद उब्जिएको छ। पहिलो, हिन्द र प्रशान्त महासागर क्षेत्र र त्यसको आसपास लक्षित गरि अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्ट्राटेजी (आइपीएस) अन्तर्गत एमसिसी हो कि होइन?

दोस्रो, यसलाई संसदबाटै अनुमोदन किन गर्नुपर्ने ?

र, तेस्रो, एमसिसी सम्झौता लागू गर्दा भारतको पनि सहमति चाहिने कुरा किन उल्लेख गरियो?

एमसिसीबारे नेकपाभित्र प्रष्ट दुई धार छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनीपक्षीय नेताहरू एमसिसी अनुमोदनको पक्षमा छन्। 

तर, ओली खेमा बाहेकका नेताहरु भने यसलाई अहिलेकै सर्त स्वीकार गरेर पारित गर्न नहुने पक्षमा छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्