• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
‘मिर्गौलाका विषयमा एक-एक ज्ञान छ ओलीलाई’
64x64
डिबी खड्का बुधबार, फागुन २१, २०७६  १४:१२
1140x725

काठमाडौं-शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण चलिरहेको छ। शुभचिन्तक र आफन्तहरू सफल प्रत्यारोपणको कामना गरिरहेका छन्। कोही अस्पताल परिसरमै प्लेकार्डसहित बसिरहेका छन्। कसैले फ्लेक्स बोर्डमा लेखेका छन् र कोही अस्पताल परिसरकै मन्दिरमा पूजाआजा गरिरहेका छन्। 

तीमध्ये अतिनिकटस्थहरूमा भने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल हुने आत्मविश्वास बढी देखिन्छ। किनभने उनीहरूलाई प्रधानमन्त्री ओलीले नै आत्मविश्वास दिलाएर अप्रेसन थिएटर पसेका हुन्। 

अप्रेसन सुन्नेबित्तिकै हरेक बिरामीको शरीरमा काँडा उम्रिन्छ । त्यसैले सामान्यतया बिरामी  आत्तिन्छन् र आफन्तहरूले सम्झाउनुपर्छ अप्रेसनअघि। निश्चिन्त बनाउनुपर्छ, केही पनि हुँदैन भनेर आफन्तले बिरामीलाई।

तर, प्रधानमन्त्री ओलीले निकटस्थहरूलाई उल्टै सम्झाएका छन्, केही पनि हुँदैन भनेर। पूरापूर आत्मबल बोकेर गएका छन् अप्रेसन थिएटरतर्फ। अप्रेसन थिएटरमा जानुअघि भेटेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भन्दै थिए, ‘उहाँलाई मिर्गौला प्रत्यारोपण, यससँग जोडिएका जोखिम र त्यसपछि झेल्नुपर्ने समस्या सवै थाहा छ।’ त्यसैले आफू निश्चिन्त बनेर उनले आफन्तलाई पनि आत्मबल दिएका हुन्। 

लामो समयदेखि मिर्गौलाको समस्या झेलिरहेका प्रधानमन्त्री ओलीलाई त्यतिमात्रै होइन, ‘मिर्गौला इतिवृत्त’ ज्ञान छ। इतिवृत्त भन्नाले मिर्गौला रोग, यसले पार्ने समस्या र प्रत्यारोपणमात्रै होइन, विश्व चिकित्साले यसमा गरेका पछिल्ला खोजहरूसम्म। कृत्रिम मिर्गौला बनाउने बैज्ञानिकहरूको खोज कहाँ पुग्यो? मिर्गौलाको जस्तै काम गर्ने उपकरण बनाउने विषयमा कुन हदसम्मको सफलता हासिल भयो? आदि इत्यादिको ज्ञानसमेत छ उनलाई।  जुन कुरा उनी निकटस्थहरूलाई सुनाइरहन्छन्। 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मिर्गौलाका विषयमा धेरै कुरा प्रधानमन्त्री ओलीको मुखबाट सुनेका छन्। उनी भन्छन्, ‘हामीलाई यस्तो परेको भए यति धेरै थाहा हुँदैनथ्यो होला। हरेक कुरालाई मिहीन ढंगले बुझ्न खोज्ने उहाँको बानी छ। मिर्गौलाका विषयमा पनि सानोभन्दा सानो कुरा जानकारी उहाँले राख्नुभएको छ।’

यही ज्ञानका आडमा आफ्नो मिर्गौला प्रत्यारोपण सफल हुने आत्मविश्वास जुटाएका हुन् र आफन्तलाई समेत निश्चिन्त बनाएका हुन्। उनको आत्मविश्वासमा परिस्थितले समेत साथ दिइरहेको अप्रेसन पछिको उपचारका लागि तयार एक चिकित्सक बताउँदै थिए। उनी भन्दै थिए, ‘मिर्गौला प्रत्यारोपणका लागि दाता र प्राप्तकर्ताबीच गरिने जाँचहरूको नतिजा राम्रो आयो। एचएलए टेस्ट पनि राम्रो भएको कुरा गर्दै हुनुहुन्थ्यो अप्रेसनमा संलग्न डाक्टरहरू।’

डाक्टरहरूले पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा जटिलता नआउने आश्वासन निकटस्थलाई दिएका छन्। केही समयअघि शिक्षण अस्पताल परिसरकै मनमोहन सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन भएको थियो। आफन्तलाई सम्झाउने क्रममा चिकित्सकले यसलाई उदाहरणका रुपमा अघि सारेर भनेका छन्, ‘त्यसको तुलनामा यो सामान्य शल्यक्रिया हो। उहाँको आत्मबलले पनि हामीलाई हौसला मिलेको छ।’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल त्यो समयको अप्रेसन आकस्मिक भएकाले पनि जोखिमपूर्ण रहेको बताउँछन्। मिर्गौला प्रत्यारोपण प्रक्रियामा भने आउन सक्ने जोखिम चिकित्सकलाई पहिल्यै थाहा हुन्छ र त्यो अनुसारको योजना तय गरिसकिएको हुन्छ। 

त्रिवि शिक्षण अस्पतालमा नेताको पहिलोमात्रै होइन, धेरैको मिर्गौला प्रत्यारोपण गरिसकिएको छ। त्यसैमाथि दोहो¥याएर गरेको सबै प्रत्यारोपण सफल भएको रेकर्ड अस्पतालसँग छ र सफल तुल्याएको अनुभव चिकित्सकसँग। समग्र मिर्गौला प्रत्यारोपणकै तथ्यांक केलाउने हो भनेपनि सफलताको दर उच्च छ। हालसम्म गरिएका प्रत्यारोपणमध्ये  ९८.७ प्रतिशत सफल भएका छन्।

ओलीलाई चार दशकदेखि रोगले थल्याउन खोजिरहेको छ, उनले अस्पताल जानुअघि दिएको भिडियो सन्देशमा भनेजस्तै। उनी आत्मविश्वासको हतियारले त्यसलाई परास्त गरिरहेका छन्। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ओलीको स्वास्थ्यका विषयमा अनुभव बाँड्दै केही समयअघि भनेका थिए, ‘मैले पहिलोपटक भेट्दा उहाँलाई कब्जियत थियो। अरु उपाय थिएन पिपलमेट चकलेट खाइरहनुहुन्थ्यो।’ 

जेल बस्दा उनी टीबी रोगले ग्रस्त थिए। ओलीसँगै ९ वर्ष जेल जीवन बिताएका राधाकृष्ण मैनालीले आफ्नो पुस्तकमा उनले दृढ आत्मबलका कारण टिबी जितेको उल्लेख गरेका छन्। २०६० सालपछि उनलाई मिर्गौला रोगले सतायो। २०६४ सालमा उनले भारतको अपोलो अस्पताल पुगेर मिर्गौला प्रत्यारोपण गरे। यो बीचमा पनि उनलाई अरु विभिन्न समस्याले सतायो।

प्रत्यारोपित मिर्गौलासमेत काम नलाग्ने भएपछि यतिबेला उनी शिक्षण अस्पतालको अप्रेसन थिएटरमा नयाँ मिर्गौला फेरिरहेका छन्। प्रत्यारोपण सफल होस्, शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्रीज्यू।
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्य... मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरेका हुन्। मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ। मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्