• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मजदुरी गरेर भाइको मिर्गौला उपचार गराइरहेकी तारा
64x64
डिबी खड्का आइतबार, फागुन २५, २०७६  २२:३०
1140x725

काठमाडौं- तस्बिरको पार्श्वमा फूल सधैं राम्रो देखिँदो रहेनछ। महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरको बगैंचा अघिल्तिर तारा रोकायाको तस्बिर खिचेपछि त्यस्तै लाग्यो। तस्बिरको पछाडि फूल नियोजित रुपमा पारेको होइन। संयोगले पर्‍यो तर कस्तो अमिल्दो संयोग!

हुन त बीचमा तारबार छ। त्यो बारले फूल र तारालाई त्यसरी नै छुट्याएको छ, जसरी नियतिले तारालाई खुशीबाट अलग्याएको छ। उता फूल आँगनमै आइपुगेको वसन्त ऋतुलाई स्वागत गर्न लागे जसरी चमचमाइरहेका छन्, यता ताराको जीवनबाट २०७२ सालदेखि कहिल्यै शिशिर टाढा भएको छैन। बरु बीचको बसन्त हराएर वर्षा आउँछ। दुःख, पिर र अभावले उनको आँखामा झरी परिरहन्छ। 

फेरि अर्को नमिल्दो संयोग। आइतबार नै परेछ, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। त्यो उनलाई थाहा हुने कुरै भएन। सम्झाइदिएर हुनेवाला पनि केही थिएन। श्रमिक महिला हुन् उनी। त्यस्ती श्रमिक महिला हुन्, जसले एउटा पुरुष (भाइ)को जीवन जोगाउन श्रम गरिरहेकी छिन्। 

डोटी बारापाटाकी उनी २१ वर्षीय भाइ सुरेश रोकायाको  उपचारका लागि हरेक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मै श्रममा जुट्छिन्। २०७२ सालदेखि मिर्गौला रोगबाट ग्रस्त सुरेश १० महिनायता डायलाइसिसको भरमा जिइरहेका छन्। तिनकै भाइको डायलाइसिस गर्न उनी काठमाडौंमै डेरा गरेर बसेकी छिन्। खर्चको जोहो गर्न मजदुरी गर्छिन्।

घरमा ५८ वर्षको उकालो हिँडिरहेकी एक्ली आमा छिन्। उनीबाट खर्चको आशा गर्ने कुरै भएन। तर १५ दिन भयो, तारा बेखर्ची भएको। भाइलाई अकस्मात् बिरामले च्यापेपछि अस्पतालको इमर्जेन्सीमा पुर्‍याउनुपर्‍यो। आइसियूमा केही दिन राखेर अहिले नेफ्रो वार्डको निःशुल्क बेडमा सारेकी छिन्। ‘डाक्टरसाबले त केही दिन अझै आइसियुमा राख्नुपर्छ भन्नुहुन्थ्यो। पैसा भएन, जर्बजस्ती सारेँ,’ उनी भन्दै थिइन्।

भाइ बिरामी भएको पीर छँदैछ। अहिले त्यसैमाथि थपिएको छ– औषधि किन्न पैसा कहाँबाट ल्याउने? घरभाडा कसरी तिर्ने?

भाइमाथि ठूलो भरोसा थियो उनको। त्यसैले एसएलसी पास गरेपछि उनले भएको जग्गाजमिन दुई लाखमा बेचेर ल्याब टेक्निसियन पढ्न पठाएकी थिइन् काठमाडौं। यति हेल्थ साइन्समा पढिरहेकै बेला मिर्गौलाको समस्या आइलाग्यो। त्यसपछि बुढी भएकी आमाको जीवनको उत्तरार्ध सुखमय बन्ने आश टुट्यो।

एसएलसी पास गरेकी तारा २० वर्षको भरिलो उमेरकी थिइन् भाइको मिर्गौलामा समस्या आएको वर्ष २०७२ मा। भाइलाई पढाउने र आफू पढ्ने चाहना थियो। तर, एक्कासी भाइ बिरामी परेपछि उनले आफ्नो चाहना त्यागिन्। त्यो दिनबाट मुर्झाएकी तारालाई एकदिन खुशी मिलेन।

जीवनमा संघर्ष गर्ने हिम्मत र ताकत त छ उनीसँग। तर, अवस्था यस्तो छ कि केही सहयोग गर्ने होइन, ‘केही परे हामी छौं नि’ भन्ने ‘आफन्त’समेत छैनन्। आफन्त नै नभएका होइनन्। उनका आफ्नै काकाको बुढानीलकण्ठमा घर छ। जेठा दाइ पनि छन्। तर, उनका भाइ बिरामी परेपछि कोही सोध्नसमेत आएका छैनन्। उनले नै सहयोगको अपेक्षा गरिन्। तर्किदै गए आफन्तहरु। उनले रुँदै भनिन्, ‘हामी केही गर्न सक्दैनौं। मर्न दे भन्छन्। सकिन्छ त त्यसरी?’

विवाह गर्ने उमेर पुगेकी उनलाई पनि छ घर बसाउने चाहना। २५ वर्ष भर्खर टेकेकी उनी बेलामौकामा विवाहबारे सोच्छिन्। तर, भाइको अनुहार हेर्छिन्, अनि त्यो सपना स्थगित हुन्छ।

भाइका लागि मिर्गौला दिन आमा तयार छिन्। उनी आफैं पनि तयार। तर, ब्लड ग्रुप नै मिल्दैन। डाक्टरले विकल्प दिएका छन्,  'कसैसँग साटेर मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। यही झिनो विकल्पमा तारा भाइलाई एकदिन तन्दुरुस्त बनाउन सक्ने सपना देखिरहेकी छिन्। 

प्रत्यारोपण गर्नका लागि चाहिने रकमको जोहो गर्न सकिने अवस्था उनी देख्दिनन्। बेडमा लम्पसार परिरहेका भाइलाई हेर्दै भक्कानिन्छन्। अहिले पनि डाक्टरले सिफारिस गरेका सवै औषधि खुवाउन सकेकी छैनन्। त्यसैको परिणाम भाइलाई गाह्रो परेर इमर्जेन्सीमा भर्ना गर्नुपर्ने अवस्था बन्यो।

भाइ ठिक भएर नियमित डायलाइसिसमा जान सक्ने मात्रै बन्यो भने पनि आफू फेरि १२ घन्टे मजदुरीमा खटेर केही रकम जोहो गर्न सक्ने आशा उनीसँग छ। गिट्टी, बालुवा र इँटा बोकेरै भएपनि भाइको उपचार गर्ने आँट छ। तर, परिस्थिति यस्तो छ कि उनलाई नियतिले त्यो अवसर समेत दिइरहेको छैन।

त्यही अस्पतालमा छन्, मिर्गौलाकै अर्का बिरामी प्रधानमन्त्री केपी शर्मा ओली। उनलाई भेट्न ‘ठूला मान्छे’ आइरहन्छन् अस्पताल। उनलाई लाग्छ- भनिदिउँ। तर, भन्ने कसरी? उनीहरूका सुरक्षाकर्मीले छेउछाउ जान दिँदैनन्। 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भयो भन्दा खुशी हुने उनी पनि थिइन्। किनकि उनलाई लागेको छ– प्रधानमन्त्री ओलीले अरु आफूजस्तै बिरामीको समस्यालाई हल गर्नेछन्। गरिबलाई औषधि र उपचारमा सजिलो बनाउनेछन्। 

आफैंलाई फेरि भन्छिन्, ‘आफन्तले नै हाम्रा दुःख सुनेनन्। अरुले के सुन्लान्?’ त्यसपछि बगैंचाको तारबारमा झुन्डिएर एकपटक हेरिन् पश्चिमतिर। जहाँ ठूलो तस्बिर टाँगिएको प्रधानमन्त्री ओलीको र तस्बिर मुन्तिर लेखिएको छ– गेट वेल सुन पिएम ओली।

अन्त्यमा उनीसँग सहयोग गर्न चाहनेका लागि खाता नम्बर मागें। एकपाना पनि नच्यातिएको चेकबुकै थमाइन्। खातामा पैसा भए पो चेकबुकको पाना च्यात्तिन्थ्यो। पैसा हात पर्नेबित्तिकै भाइको औषधि ल्याउन कुद्नुपर्ने उनले कसरी जम्मा गरुन् खातामा पैसा। ग्लोबल आइएमई बैंकको काठमाडौं धापासी ब्राञ्चमा उनको खाता रहेछ। तारा रोकाया नामको खाता नम्बर ०८०७०१००११७९२।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्