• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
छोराबाटै बाबुआमाको हत्या भएको खुलासा  हेडफोनले खोल्यो रहस्य, हत्याराले लुगासमेत जलाए
64x64
नारायण अधिकारी सोमबार, चैत ३, २०७६  १४:३८
1140x725

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरूकै छोराबाट भएको खुलेको छ। कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पतीको हत्यामा संलग्न भएको आरोपमा उनीहरूकै छोरा भरत भण्डारीलाई पक्राउ गरेपछि यो विषय बाहिर आएको हो।

भरतलाई पक्राउ गरिएको पुष्टि गर्दै कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले नेपाल लाइभसँग भने, ‘हामीले भरतलाई हिजो डडेल्धुराबाट पक्राउ गरेका छौं। उनले हत्या स्वीकार गरिसकेको अवस्था छ।’

भण्डारी दम्पत्ति गत फागुन १५ गते घरमै मृत भेटिएका थिए। 

यो पनि पढ्नुहोस्

आइसियुमा छटपटाउँदै ६ महिने शिशु : जसको बाआमाको दर्दनाक हत्या भयोमंगलबार, फागुन २०, २०७६

नजिकै रहेको माइतबाट दूध धनाले ल्याउने गरेकी थिइन्। तर फागुन १५ गते उनी दूध लिन नआएपछि फुपूकी छोरी पार्वती रावल धनाको घर पुगेकी थिइन्। त्यतिबेला भान्साकोठामा धना रक्ताम्य अवस्थामा मृत भेटिएका थिइन्। अर्को कोठाको खाटमा जयलाल पनि रक्ताम्य ढलेका थिए। मृतक जयालालसँगै उनकी ६ महिने छोरी चिच्याउँदै रोइरहेकी थिइन्। दुवै जनालाई घाँटी र टाउकामा प्रहार गरेर हत्या गरिएको थियो।

त्यसपछि करिब १२ बजे दिउँसो यस घटनाबारे जानकारी गराइएको थियो। तर उनीहरूको हत्या भने फागुन १४ गते राति नै भएको भरतलाई पक्राउ गरिसकेपछि पुष्टि भएको छ। 

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्या भएको भन्दै अनुसन्धान गरेको थियो। दुई हप्ता लामो अनुसन्धानपछि उनकै छोराबाट हत्या भएको खुलेपछि पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। 

हेडफोनले खोल्यो हत्याको रहस्य
घटनास्थलबाट प्रहरीले मोबाइलको हेडफोन बरामद गरेको थियो। उक्त हेडफोनलाई महत्वपूर्ण 'क्लु' मानेर अनुसन्धान गरेको प्रहरीले त्यही हेडफोनमार्फत् हत्यामा संलग्न भरत पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा उक्त हेडफोन र भरतले बोक्ने मोबाइल एउटै कम्पनीको रहेको पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। नभन्दै प्रहरीको अनुसन्धान सही दिशामा गयो र भरत पक्राउ परे। 

Ncell 2
Ncell 2

एसपी मरासिनीका अनुसार भरत डडेल्धुरामा बस्दै आएका थिए। उनी फागनु १३ गते डडेल्धुराबाट मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिन भन्दै महेन्द्रनगर आएका थिए।

यो पनि पढ्नुहोस्

भण्डारी दम्पति हत्याबारे ‘क्लु’ नै फेला पारेन प्रहरीलेशनिबार, चैत १, २०७६

फागुन १४ गते दिउँसो २ बजेतिर भरत महेन्द्रनगरबाट डडेल्धुरा जाने भन्दै फर्किएका थिए। तर उनी अत्तरिया गएर बसे। राति ८ बजेतिर अत्तरियाबाट बाबुको घर झलारी आएर भरतले बाबुआमाको हत्या गरेको अनुसन्धानमा खटिएका मरासिनीले बताए।

‘पहिला भान्सामा रहेकी आमाको हत्या गरेको देखिन्छ। त्यसपछि बाबुको हत्या गरेर उनी फरार भएको पाइयो,’ एसपी मरासिनीले भने। 

हत्या गरेर उनी आफू बस्दै आएको डडेल्धुरा नै फर्किएका थिए। त्यसपछि प्रहरीले थाहा पाउने डरले उनले आफूले लगाएको कपडासमेत जलाएको अनुसन्धानबाट खुलेको छ। 

हत्याको कारण पारिवारिक
जयलालकी पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्षअघि मृत्यु भएको थियो। हत्या गरिएकी धना जयलालकी कान्छी श्रीमती हुन्। पहिलो श्रीमतीतर्फका दुई छोरा छन्। जयलालले अर्को श्रीमती ल्याएपछि छोरा भरतसँग उनको राम्रो सम्बन्ध थिएन।

घरायसी कुरामा विवाद हुँदा जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए। त्यसपछि भरतले बाबुविरुद्ध ज्यान मार्ने उद्योगमा समेत प्रहरीमा उजुरी दिएका थिए। सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेका थिए। 

त्यसपछि छोरा भरत बाबु जयलालसँग नबसेर भिन्दै बस्दै आएका थिए। राम्रो सम्बन्ध नहुनु र जयलालले खुकुरीले समेत हान्नु र आशंका बारेमा पटकपटक विवाद हुँदा भरतले बाबुआमाको हत्या गरेको पाइएको एसपी मरासिनीले जानकारी दिए। 

६ महिने शिशु समेत घाइते 
बाबुआमाको हत्या गरेका भरले आफ्नै बहिनी तथा जयलालकी ६ महिने छोरी ममतासमेत घाइते बनाएका थिए। गम्भीर घाइते उनलाई मावली पक्षले कैलालीस्थित माया मेट्रो अस्पताल उपचार गराएका थिए। 

शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदका अनुसार उनलाई निमोनिया र टाउकोमा चोट लागेको थियो। सिटीस्क्यान रिपोर्टले शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको थियो। 

चोटले मस्तिकमा पनि असर परेको छ। छातीमा निमोनियाको संक्रमण भएको थियो। अहिले शिशुको अवस्था सामान्य बन्दै गएको छ। 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
अब चेक बाउन्स प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने बिहीबार, असार २६, २०८२
रासायनिक मल अझै ९१ हजार मेट्रिक टन मौज्दात छ, किसानलाई अभाव नहुनेगरी वितरण भइरहेको छ : कृषिमन्त्रीको अधिकारी बिहीबार, असार २६, २०८२
मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त बिहीबार, असार २६, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्