• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
कोरोना भाइरसका विषयमा चीन र अमेरिकाबीच भनाभन
64x64
नेपाल लाइभ बिहीबार, चैत ६, २०७६  १३:३४
1140x725

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भनेपछि चीनले आपत्ति जनाएको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेतावनी दिँदै चीनलाई गाली दिनुभन्दा पहिले आफ्नो काममा ध्यान दिन आग्रह गरे। 

कोरोना भाइरस (कोभिड–१९)को पहिलो बिरामी सन् २०१९ को अन्तिममा चीनको उहान सहरमा पाइएको थियो। तर, गत साता चिनियाँ विदेश मन्त्रालयले कोरोना भाइरसलाई एक षडयन्त्र बताउँदै अमेरिकी सेनाले उक्त भाइरस आफ्नो क्षेत्रमा ल्याएको दाबी गरेका थिए। 

यसबारे प्रतिक्रिया दिँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले गलत सूचना फैलाएको बताएका थिए। 

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ, जसमध्ये ८० हजारभन्दा बढी चिनियाँ छन्। चीनले कोरोना भाइरसको नयाँ संक्रमण शून्यमा झरेको घोषणा गरेको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार एक ट्वीट गर्दै कोभिड–१९ भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका थिए। यसैप्रति चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएको हो।

चीनको विरोधका बावजुद पनि अमेरिकी राष्ट्रपतिले यसलाई ‘चिनियाँ भाइरस’ भनिरहेका छन्। केही समय पहिले गरेको ट्वीटमा पनिउनले त्यसलाई चिनियाँ भाइरस नै भनेका थिए। 

The United States will be powerfully supporting those industries, like Airlines and others, that are particularly affected by the Chinese Virus. We will be stronger than ever before!

Ncell 2
Ncell 2
— Donald J. Trump (@realDonaldTrump) March 16, 2020

 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले यस भाइरसलाई कुनै खास समूह या क्षेत्रसँग जोड्नु गलत भएको बताएको छ। तर, कैयौं अमेरिकी प्रशासनिक अधिकारी यसलाई चिनियाँ भाइरस नै भनिरहेका छन्। पोम्पियोले पनि कैयौं पटक यसलाई ‘उहान भाइरस’ भनिसकेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले ट्रम्पको ट्वीटलाई ‘चीनमाथि दोषारोपण’ गर्ने खालको भएको बताएका थिए । उनले भनेका थिए, ‘अमेरिकाले आफ्नो गल्ती सुधार गरोस् र चीनविरुद्धका आधारहीन आरोप रोकोस् भन्ने म अमेरिकासँग आग्रह गर्न चाहन्छु ।’

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले ट्रम्पको भाषा ‘नस्लवादी र भेदभावपूर्ण’ भएको र यसले  ‘राजनेताको गैरजिम्मेवार र अक्षमता’ देखाउँछ । यो भाइरसलाई लिएर त्रास बढाउने खालको भएको बताएको छ।

ट्रम्पको अमेरिकामा पनि आलोचना भइरहेको छ। न्युयोर्कका मेयर बिल डी ब्लासियोले ट्वीट गर्दै यो टिप्पणीले एसिया–अमेरिकाविरुद्ध ‘कट्टरतालाई बढाउने’ खतरा रहेको बताएका छन् । 

अमेरिका लगाइरहन्छ आरोप

कोरोना भाइरसको शुरुवातलाई लिएर चीनकातर्फबाट नयाँ ‘थ्योरी’ आइरहेको छ। चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले गत अक्टुबरमा उहानमा आएका अमेरिकी सैनिकमार्फत् कोरोना फैलिएको दाबी गरेका थिए।

तर, यो थ्योरीलाई प्रमाणित गर्ने कुनै पनि प्रमाण दिइएको छैन। कोरोना भाइरसलाई लिएर पहिले पनि धेरै अप्रमाणित धेरै कुरा गरिएको छ। 

यसभन्दा पहिले अमेरिकी सिनेटर टम काटले आशंका जनाउँदै भनेका थिए, ‘कोरोना भाइरस चीनको जैविक हतियार र यो उहानको प्रयोगशालामा विकसित गरिएको हुनसक्ने सम्भावना छ।’

उनले भनेका थिए, ‘यो रोग यही उत्पन्न भएको हामीसँग कुनै प्रमाण छैन। तर, यसलाई लिएर सुरुवातदेखि नै चीनको जुन रबैया र छलको भावना छ, त्यसलाई देख्दा एउटा प्रश्न उठ्छ कि प्रमाणले के भन्छन् र ती प्रश्नमाथि चीनले कुनै प्रमाण दिइरहेको छैन। ’

जब मिडियामा जैविक हतियारको दावी भयो

अन्तर्राष्ट्रिय मिडियाका केही रिपोर्टले कोरोना भाइरसलाई चीनको जैविक हतियार बनाउने कोसिसमाथि जोड दिएका थिए । द डेली मेल र वासिङटन पोष्टले कोरोना भाइरस चीनको जैविक युद्ध कार्यक्रम (बायो वारफेयर प्रोग्राम)को एक हिंस्सा भएको रिपोर्ट छापेका थिए । 

गत महिना वासिङटन टाइम्सका संवाददाता बिल गेर्टजले एक रेडियो शो ‘वार रुम ः पेन्डेमिक’ मा स्टीफन केविन बेनन्लाई पाहुनाका रुपमा बोलाएका थिए जसमा उनले चीनले जैविक युद्ध कार्यक्रमअन्तर्गत एक भाइरस बनाइरहेको संकेत दिएका थिए । 

फक्स न्युजले पनि यही थ्योरीलाई उल्लेख गर्‍यो र यसलाई बढाउने काम ग¥यो। एक आलेखमा फक्सले सन् १९८० को दशकमा लेखिएको एक किताबको नाम लिँदै त्यहाँ कारोना भाइरसको अनुमान गरिएको बताइएको थियो। यो किताबमा जैविक हतियार बनाउने चिनियाँ सेनाका बारेमा उल्लेख गरिएको बताइएको छ। 

कस्तो छ अमेरिका–चीन सम्बन्ध?
यतिबेला दुवै देशको सम्बन्ध तनावपूर्ण बनेको छ । राष्ट्रपति ट्रम्प लगातार चीनमाथि अनुचित व्यापारिक व्यवहार तथा बौद्धिक सम्पदा चोरीको आरोप लगाइरहेका छन्। 

चीनमा भने अमेरिकाले आफूलाई विश्वआर्थिक शक्ति बन्नबाट रोक्ने कोसिस गरिरहेको भन्ने आमधारणा छ । 

तिखो व्यापार युद्धमा लागेका दुवै देशले एक–अर्काविरुद्ध अर्बौं डलरको सामानमाथि सीमाशुल्क लगाइदिएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते
त्रिकोणात्मक टी–२०आई सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
सम्बन्धित सामग्री
इरानको एक टिभी स्टुडियोमा इजरायलको आक्रमण, एक कर्मचारीको मृत्यु इरानको सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार आक्रमण इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कको भवनमा भएको थियो । मंगलबार, असार ३, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी इजरायली सेनाका प्रवक्ताले गत साता गरिएको आक्रमणमा इरानका १२० भन्दा बढी मिसाइल लन्चर नष्ट गरेको बताएका छन् । उनका अनुसार इरानसँग भएका... सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान फ्र्याङ्कफर्टबाट हैदरावाद आइरहेको लुफ्थान्साको फ्लाइट एलएच७५२ सोमबार बिहान हैदरावादको राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण... सोमबार, असार २, २०८२
ताजा समाचारसबै
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते मंगलबार, असार ३, २०८२
त्रिकोणात्मक टी–२०आई सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै मंगलबार, असार ३, २०८२
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो मंगलबार, असार ३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, असार ३, २०८२
इरानको एक टिभी स्टुडियोमा इजरायलको आक्रमण, एक कर्मचारीको मृत्यु मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्