काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत आज घरेलु टोली स्कटल्याण्डसँग खेल्खैछ । यो खेल नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको छ ।
नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक टी–२० (२०१३) मा खेलिएको थियो जहाँ स्कटल्याण्ड विजयी भएको थियो । आईसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्ड्स १३औं स्थानमा रहेको छ । २० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्डस् खेल्ने तालिका रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।