एजेन्सी –इरानको राजधानी तेहरानमा रहेको राष्ट्रिय प्रसारण सेवाको भवनमा आक्रमण हुँदा एक सरकारी टिभी कर्मचारीको मृत्यु भएको छ । इरानको सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार आक्रमण इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कको भवनमा भएको थियो ।
मृतकको परिचय मसौमेह आजिमीको रूपमा गरिएको छ, जो इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङमा कार्यरत थिइन् । घटनाको भिडियोमा स्टुडियोमै मिसाइल प्रहार हुँदा समाचार प्रस्तोता बिचमै रोकिन परेको देखिन्छ ।
इरानको सरकारी विवरण अनुसार शुक्रबारदेखि इजरायलद्वारा सुरु भएको हवाई आक्रमणमा अहिलेसम्म २२४ जना मारिएका छन् ।
इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले इरानको जवाफी हमलामा इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।