• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
ठूला सवारी उत्पादकले धमाधम उत्पादन बन्द गर्दै भारतलगायत कतिपय देशमा घरबाटै काम गर्न अनुमति
64x64
नेपाल लाइभ शुक्रबार, चैत ७, २०७६  १७:०९
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) विश्वका १ सय ७३ देशमा फैलिसकेको छ। कतिपय देशले हवाई सेवा, सार्वजनिक यातायातसमेत बन्द गरिसकेका छन्। यस्तो अवस्थामा विश्वका ठूला सवारी उत्पादकहरुले समेत धमाधम आफ्नो उत्पादन बन्द गर्ने घोषणा गर्न थालेका छन्। 

इटालियन अटो उत्पादक ग्रुप एफसिएले १६ मार्चमा तत्कालका लागि युरोपभर रहेका आफ्ना सवारी उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेको थियो। एफसिएअन्तर्गत रहेका विभन्न ब्रान्डका सवारीको उत्पादन बन्द गरेको एफसिए ग्रुपले जनाएको छ। यो निर्णय मार्च २७ सम्म लागू हुने र त्यसपछि के गर्ने भन्ने विषयमा कम्पनीले अर्को निर्णय लिने भएको छ। 

एफसिएले उपग्रेडेड उत्पादनसमेत रोक्ने बताएको छ। एफसिएको इटाली, सर्बिया र पोल्यान्डमा रहेको प्लान्ट बन्द भएका हुन्। 
त्यस्तै बेलायती बिलासी अटो निर्माता ज्यागुअर ल्यान्ड रोभरले समेत बेलायतमा रहेको प्लान्ट बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले बिहीबार प्लान्टबाट उत्पादन बन्द गर्ने बताएको हो। आगामी अप्रिल २० पछि भने उत्पादन सुचारु गर्ने ल्यान्ड रोभरले जनाएको छ। 

तर ज्यागुअर ल्यान्ड रोभरले ब्राजिल तथा भारतमा रहेका प्लान्टबाट भने उत्पादन साविककै अवस्थामा भइरहेको उल्लेख गरेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्। 

विश्वकै ठूलो कार उत्पादकमध्येको एक फक्सवागन ग्रुपले समेत युरोपियन मुलुकमा रहेका प्लान्टबाट हुने सवारी उत्पादन बन्द गर्ने घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएको, सवारीको माग न्यून भएको कारण युरोपमा रहेका प्लान्टहरुबाट सवारी उत्पादन बन्द गर्ने तयारीमा फक्सवागन रहेको छ। ग्रुपले जर्मनी, स्लोभाकिया, स्पेन र पोल्यान्डमा रहेका प्लान्टहरु बन्द गर्ने भएको हो। 

कोरोना भाइरसका कारण सवारी बिक्रीमा उल्लेख्य रुपमा कमी आएकाले फोर्ड, जनरल मोटर्स (जिएम) तथा फियाट क्राइसलरले उत्तर अमेरिकामा रहेका प्लान्टहरु मार्च ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेका हुन्। 

उत्तर अमेरिकी देशहरुका अटोमोबाइल क्षेत्रमा काम गर्नेहरुको संस्था युनाइटेड अटो वर्कर्सले कामदारको सुरक्षाका लागि भन्दै २ सातासम्म उत्पादन बन्द गर्ने बताएका हुन्। त्यसैअनुसार उत्पादक कम्पनीहरुले प्लान्ट बन्द गर्ने निर्णय गरेका हुन्। 

विश्वका अन्य देशमा रहेका सवारी उत्पादक कम्पनीहरुले समेत प्लान्ट बन्द गर्ने विषयमा तयारी तथा छलफल गरिरहेका छन्। कोरोनाको संक्रमण बढ्दै गएकाले सवारी किन्ने मानिसहरुको संख्या व्यापक रुपमा घटेको हो। त्यसैलाई मध्यनजर गर्दै उत्पादक कम्पनीहरु प्लान्ट बन्द गर्ने वा कटौती गर्ने तयारीमा लागेका हुन्। 

हालसम्म भारतीय सवारी उत्पादकहरुले उत्पादन प्लान्ट बन्द गर्ने निर्णय नै गरिसकेका छैनन्। तर भारतमा समेत कोरोनाको संक्रमण बढ्दै गएकाले कम्पनीहरुले यसबारेमा केही दिनमा निर्णय गर्ने अनुमान गरिएको छ। 

यता भारतीय अटो उत्पादक कम्पनीहरुले कतिपय कर्मचारीलाई घरबाटै काम गर्ने अनुमति दिएका छन्। विभिन्न कम्पनीमा कार्यरत उच्च तहका करीब २५ हजार कर्मचारीलाई घरमै बसेर काम गर्ने अनुमति दिएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

नेपालमा हालसम्म प्रमाणित रुपमा कोरोनाको संक्रमण नदेखिएको भएपनि व्यापार व्यवसाय ठप्प प्रायः हुन थालेका छन्। यता अटोमोबाइलको व्यापार भने शून्य उन्मुख रहेको व्यवासयीहरुले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्