• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
सरकारी निर्णयको प्रभाव: बिएमडब्लुको आयात अनिश्चित, अब लेक्ससदेखि मर्सिडिज आउँदैनन्
64x64
शिव बोहरा सोमबार, चैत १७, २०७६  १२:२६
1140x725

काठमाडौं- सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण निर्यात तथा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन घटेको भन्दै विलासी कारको आयातमा प्रतिबन्ध लगाएको छ।

आइरबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी गराएका हुन्। 

अब सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलर (खरिद बिजकका अधारमा)भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाउने छैनन्।

यो निर्णयको प्रत्यक्ष प्रभाव महँगा र विलासी कार आयात गर्नेलाई पर्नेछ। सरकारको निर्णयले 'मास सेल' हुने हुन्डाई, सुजुकी, टाटा, महिन्द्रालगायत कम्पनीका कार आयातकर्तालाई असर पर्ने छैन। 

मन्त्री खतिवडाले आइतबार ५० हजार अमेरिकी डलर भन्दा महगा गाडी आयात गर्न नपाइने निर्माण सरकारले गरेको बताएका थिए। यो निर्णय आगामी वर्षको बजेटसम्म तन्किने संकेत खतिवडाले गरेका छन्। यही मितिसम्मका लागि भनेर निर्णय नसुनाइनु र बजेट आउन करिब २ महिना मात्र बाँकी रहेकाले यो व्यवस्था बजेटसम्म जान सक्छ वा अर्को वर्षसम्मका लागि निरन्तर हुनसक्छ।

सरकारको यो निर्णयसँगै करिब सवा २ करोड रुपैयाँभन्दा बढी बिक्री मूल्य भएका कार नेपाल ल्याउन पाइने छैन। यसको प्रत्यक्ष असर सवा २ करोड भन्दा बढी मूल्यका कार आयात गर्नेलाई पर्ने देखिन्छ। उक्त मूल्यका गाडी नेपाली बजारमा १ प्रतिशतभन्दा कम आयात हुने भएकाले धेरै ठूलो समस्या नपर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ। 

'अहिलेको यो अवस्थामा कुनै पनि प्रकारका गाडी आयात हुने अवस्था छैन,' उनले नेपाल लाइभसँग भने, 'यो परिस्थितिमा सरकारले गरेको निर्णय स्वागतयोग्य नै छ।' एलसी खुलिसकेकालाई यसले असर नपर्ने भएकाले यो निर्णयलाई सकारात्मक नै मान्नु पर्ने उनको भनाइ छ। 'साथै भारतसहित विश्वभर कोरोना भाइरसका कारण लकडाउनकै अवस्था छ,' दुलालले भने, 'सवारी उत्पादन प्लान्ट नै बन्द भएकाले अब सबैखाले सवारी आयात हुने अवस्था छैन।'

टोयोटा ल्यान्ड क्रुजर/प्राडो र लेक्सस 
टोटोटाको ल्यान्ड क्रुजर र ल्यान्ड क्रुजर प्राडो सरकसरको नयाँ व्यवस्थासँगै आयात गर्ने पाइने छैन। टोयोटाका कार नेपाली बजारमा वैद्यज अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आयात गर्दै आएको छ। यी साढे २ करोडदेखि सवा ४ करोड रूपैयाँसम्म पर्छ। कार प्रिमियम एसयुभी सेगमेन्टमा प्राडो र ल्यान्ड क्रुजर राम्रो बिक्री हुने कारमा पर्छ। 

टोयोटाकै प्रिमियम ब्रान्डको रूपमा रहेको लेक्ससका कार समेत सोही कम्पनीले नेपाल भित्र्याएको हो। लेक्ससका २ कार नेपालमा गुडिरहेका छन्। जसको मूल्य ४ करोड र ६ करोड रुपैयाँभन्दा बढी तोकिएको छ। यी सबै कारको उत्पादक कम्पनीसँगको खरिद मूल्य ५० हजार अमेरिकी डलर भन्दा बढी पर्छ। 

अधिकारिक विक्रेता नभइ आयात भएकाको बाटो बन्द 
५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यको कार लमयाउन नपाउने सरकारको निर्णयसँगै उत्पादकले आधिकार बिक्रेता नतोकिकनै अवैध बाटोबाट आयात हुँदै आएका ल्यान्ड रोभर, ज्यागुअर, टेस्ला र अउडीको आयात बन्द हुने भएको छ। ज्यागुअर र ल्यान्ड रोभरका गाडी पछिल्लो पटक भन्सारमा रोकिए पनि विभिन् शक्तिकेन्द्रको चलखेलपछि भित्रिएको छ। 

यी कार पुरानो ल्यान्ड रोभरको बिक्रेता (जो २०१६ देखि छैन)ले ल्याएको हो। ज्यागुअर तथा ल्यान्ड रोभरका सबै गाडी ५० हजार अमेरिकी डलर भन्दा बढी पर्छ। त्यस्तै प्रिन्सा अटोमोटिभ्सले ल्याएको अउडी पहिलो चरणमा ३ वटा नेपाल भित्रिएको भए पनि नेपाल लाइभले आधिकारिक विक्रेता बिना नै आयात भएको विषयमा निरन्तर समाचार सम्प्रेषण गरेपछि हाल ३ वटा इ-ट्रोन सिर्सिया भन्सारमै रोकिएको छ। 

अवैधरूपमा आएको अमेरिकी इलेक्ट्रिक कार उत्पादक टेस्लाका कारसमेत भन्सारमै रोकिएको छ। टेस्लाका कार त दुई कम्पनीले नै आफू नै आधिकारिक बिक्रेता भएको दाबी गर्दै ल्याएका थिए। टेस्ला र अउडीका इलेक्ट्रिक कार ७५ हजार अमेरिकी डलर भन्दा बढी मूल्यका कार हुन्। 

यसैगरी अहिले गौतम ट्रेडर्सले आयात गरिरहेको मर्सिडिज बेन्ज गाडी पनि अब आयात हुने छैनन्। 

आउँदै गरेको बिएमडब्लुलाई प्रत्यक्ष मार 
जर्मन विलाशी कार उत्पादक बिएमडब्लुका कार नेपालमा लक्ष्मी ग्रुपले ल्याउँदैछ। विगतदेखि नै आधिकारिक बिक्रेता लिएर बसेको भएपनि ग्रुपले कार भने आयात गरेको थिएन। हाल कम्पनीले वानेश्वरमा बिएमडब्लुको सोरुम निर्माण गरिरहेको छ। 

कोरोना भाइरसको संक्रमणका कारण ग्रुपले बिएमडब्लूको औपचारिक सार्वजनिकीकरण गर्ने मिति धकेलिएको छ। भन्सार स्रोतले दिएको जानकारी अनुसर बिएमडब्लुका १० वटा कार भने नेपाल भित्रिसकेका छन्। बिएमडब्लुका कार पनि नेपाली बजारमा सवा २ करोड भन्दा बढी मूल्य पर्ने अनुमान गरिएको छ।

बजेटसम्म लम्बिन सक्ने 
सरकारले ५० हजार डलरभन्दा महगा कारको आयातमा लगाएको प्रतिबन्ध २०७७/७८ को बजेटसम्म लम्बिने संकेत देखिएको छ। लकडाउनको आवधिभर देशमा सम्पूर्ण गतिविधि बन्द अवस्थामा रहेको छ। 

जसका कारण निर्यात व्यापार शून्य प्रायः छ। त्यस्तै ललडाउनको अवधिमा र कोरोना भाइरसको संक्रमण कति लामो समयसम्म फैलिरहन्छ भन्ने कुराले पर्यटक आगमन निर्भर रहने दिखिन्छ। त्यसैले भएको विदेशी मुद्रा संचित नघटोस् भनेर सरकारले उक्त निर्णय गरेको छ। 

यसरी विदेशी मुद्रा संचित गर्दा कोरोना उपचारका लागि अत्यावश्यक सामाग्री खरिदका लागि भविष्यमा संकट नआओस् भनेर सरकारले यो निर्णय गरेको अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन्।

यसका साथै सरकारले विदेशमा अध्ययन गर्न गएका विद्यार्थीका लागि पैसा पठाउन सटही सुविधा दिएकाले पनि विदेशी मुद्रा संचिती सन्तुलन मिलाउन विलाशी कारको आयातमा प्रतिबन्ध लगाएको हो।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्