काठमाडौं- लकडाउनले मानवीय मात्र होइन, मानवेतर गतिविधिमा परिवर्तन पनि ल्याएको छ। वायुमण्डलमा कार्बन उत्सर्जन कम भएको अध्ययनले पनि देखाएका छन्, अनुभवका आधारमा अनुमान पनि काट्न सकिन्छ। असर चौतर्फी छ।
पर्यटकीय आकर्षणका केन्द्रबिन्दु रहेका सम्पदाहरूमा लकडाउनअघिसम्म मानिसहरुको बाक्लो उपस्थिति हुन्थ्यो। थुप्रै मानिसका गुजारा टार्ने स्रोत बनेका थिए यी सम्पदा। पर्यटक र स्थानीयको आवागमनले सम्पदाहरूलाई जीवन्त तुल्याएका थिए।
लकडाउनपछि भने सबै सम्पदा निस्ताएका छन्। वरिपरि झुम्मिन पुग्ने मानिस छैनन्। चकमन्न टहलिरहेका छन्। दिनरात नसुत्ने सम्पदा यतिबेला चौबिसै घन्टा सुनसान छन्, मानौं कि यो विपत्तिबाट मानव जातिलाई उन्मुक्ति दिलाउन ध्यानमग्न छन्। प्रार्थना गरिरहेका छन्।
मानिसको साथ नपाएका सम्पदा यतिबेला परेवाको ध्वनि सुनिरहेका हुन्छन्, गतिविधि नियालिरहेका देखिन्छन्। यसमा कसैले बाधा गर्दैन। फाट्टफुट्ट पशुहरू पनि घुम्छन्।
विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका विभिन्न सम्पदामा पुगेर हामीले केही दृश्य कैद गरेका छौं।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।