काठमाडौं–घरेलु टोली नेपालमाथि रोमाञ्चक जित निकाल्दै अफगानिस्तान यु–१९ टोलीले एक खेलअगाबै एकदिवसीय शृंखला जितेको छ।
आइतबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएको हो।
यस अघि मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनाएको थियो। तर नेपालले ४९.९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सकेको हो।
योसँगै नेपालले शृंखला २–० ले गुमाएको छ।
अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाएका थिए। उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे। साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाएका थिए। उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए। नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिएका थिए।
नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिएका थिए। साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिएका थिए।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो। अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिजमा १-० को अग्रता रहेको छ।
नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन्। एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ। छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।