• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना कहर : भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा
64x64
नेपाल लाइभ बिहीबार, चैत २७, २०७६  १५:५९
1140x725
तस्बिर एएफपी

न्यूयोर्क– कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन्।  

कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरेका छन्।  

आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन्। उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्यांकमा निर्भर रहेका छन्। 

मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ। मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ। यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन। 

सामान्यतया भन्नुपर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ। तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोना भाइरस बिरामीहरूको मृत्यु भएको छ। 

अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्यभन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताए। 

यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन्। एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ। चिनियाँ सहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो। 

यद्यपि यसको कारण स्पष्ट भइसकेको छैन। यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ। कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ। 

Ncell 2
Ncell 2

तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन्।

त्यो अनुमान हो। तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च–दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ। 

टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भने, 'मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ। पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ– त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ।'

डा फानले भने, 'मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ।' तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन्। र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ। 

न्यूयोर्क सहरमा केही हप्ताअघि निकै बिरामी परेका कोरोना भाइरसका बिरामीहरूलाई नियमित रूपमा सास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राखिएको थियो, म्यानहट्टन अस्पतालमा काम गर्ने आपतकालीन चिकित्सक डा जोसेफ हब्बुसेले बताए।  

तर धेरैजसो अवस्थामा फिजिसियन चिकित्सकहरूले अन्य उपायहरू अपनाउन खोजेको पाइएको छ। तीमध्ये एउटा हो, बिरामीलाई विभिन्न तरिकामा राख्नु वा सुताउनु। अर्को तरिका हो, नाकबाट ट्युब वा अन्य उपकरण घुसाएर बिरामीहरूलाई स्वाभाविक रुपमा बढी अक्सिजन दिनु। केही डाक्टरहरूले फोक्सोको कम क्षतिग्रस्त भागहरूमा रक्त प्रवाह र अक्सिजन पु–याउन नाइट्रिक अक्साइड प्रयोग गरिरहेका छन्। 

'यदि हामीले उनीहरूलाई यिनै विधिबाट आराम दिलाउन सक्यौं भने यसको नतिजा पनि राम्रो हुनेछ,' ह्याबाउसले भने।

भान्डर्बिल्ट विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा विलियम श्याफ्नरले भने' 'कोरोना भाइरसका बिरामीहरूलाई अन्य प्रकारका बिरामीहरूको तुलनामा लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्छ भन्ने भनाई छ।'

विज्ञहरू भन्छन्– ब्याक्टेरियल निमोनियाका बिरामीहरूलाई, उदाहरणका लागि, पनि भेन्टिलेटरमा एक वा दुई दिन भन्दा बढी राख्नु हुँदैन।  तर कोरोना भाइरसका बिरामीलाई भेन्टिलेटरमा 'सात दिन, १० दिन, १५ दिन' राखिएको छ र उनीहरुकै मृत्यु भइरहेको छ,' न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यू कुमोले बुधबार आयोजित ब्रिफिङका क्रममा बताए।

भेन्टिलेटरहरू छोटो समयमा आपूर्ति हुन निकै कठिन हुन्छ। विज्ञहरूले कोरोना पीडितको संख्या बढ्दै जाँदा चिकित्सकमाथि कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भन्नेमा द्विविधा उत्पन्न हुने बताउँछन्। 

न्यूयोर्क राज्य स्वास्थ्य आयुक्त डा होवार्ड जुकरले बुधबार अधिकारीहरूले उपचारका लागि भर्ना हुने हरेक बिरामीका लागि अन्य सम्भाव्य उपचार विधिका बारेमा खोज गरिरहेको बताए। तर उनले थपे, 'यो सबै प्रयोगात्मक नै हुनेछ।'

'भेन्टिलेटर उपचारात्मक होइन। बिरामीको शरीरको पुनः सुधार हुँदासम्मका लागि यो सहयोगी उपाय मात्र हो,' फ्लोरिडाको मियामी स्वास्थ्य प्रणाली विश्वविद्यालयका फोक्सो विशेषज्ञ डा रोजर अल्भारेजले भने। नाइट्रिक अक्साइडको प्रयोग गरेर बिरामीलाई सकेसम्म कम भेन्टिलेटरमा राख्न सकिने पद्धतिका बारेमा उनले निकै सफलता हासिल गरेका छन्। 

ज्याचारी शेमटोबले आफ्ना ४५ वर्षीय श्रीमानलाई कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफूलाई निकै डर लागेको बताइन्। 'भेन्टिलेटरमा राख्नु भनेको कहिल्यै पनि भेन्टिलेटर हटाउनु होइन भन्ने मलाई लागिरहन्छ,' उनले भनिने।
माइक स्टाेब (रासस–एपी)

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्