काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावितमध्येको एक स्पेनमा कोरोनाबाट पहिलो पटक १७ दिनयताकै कम मृत्यु भएको छ।
अलजजिराका अनुसार स्पेनमा मार्च २३ यताकै कम ६ सय ५ जनाको मृत्यु भएको हो। स्पेनमा १५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ भने १ लाख ५७ हजार २२ जनालाई संक्रमण भएको छ।
त्यस्तै पछिल्लो समय कोरोनाबाट अतिप्रभावित बनेको अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय पुगेको छ।
यद्यपि कोरोनाबाट अतिप्रभावित अमेरिकी सहर न्युर्योकमा अस्पतालमा भर्ना हुनेहरुको संख्यामा १ प्रतिशतले कमी आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।