• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीका पाँच गलत र भ्रामक दाबी
दीपक अधिकारी आइतबार, वैशाख ७, २०७७  १७:२६
1140x725

गत चैत २९ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका सातै प्रदेशका मुख्य मन्त्रीहरुसित जारी बन्दाबन्दी र कोरोना भाइरसको रोकथामबारे भिडियो कन्फ्रेन्सको माध्यमबाट छलफल गरेका थिए। उक्त छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही समय कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा बोलेका थिए।

एक साता पुरानो उक्त भिडियो बैशाख ६ गते ट्वीटर र फेसबुकमा भाइरल भएको थियो। मुलुकको प्रधानमन्त्रीले व्यक्त गरेका विचारलाई अधिकांश देशवासीले पछ्याउने अनि पत्याउने भएकाले उनले दिएका सल्लाह र गरेका दाबीको हामीले तथ्यजाँच गरेका छौँ।

पहिलो दाबी 
“भाइरस भनेको निर्जीव तत्व हो। यो निर्जीव तत्वमा जुन बोसो हुन्छ, त्यसले जीवित तत्वको रुपमा सक्रिय गराइदिन्छ।”

पृथ्वीमा अनगिन्ति भाइरसहरु छन्। तीमध्ये अधिकांशले कुनै हानि गर्दैनन् भने केहीले मानिसलाई बिरामी बनाउँछन्। नोभल कोरोना भाइरसजस्ता केही चाहिँ घातक हुनसक्छन्। वैज्ञानिकहरुका अनुसार यो भाइरस न निर्जीव हो न सजीव नै। यो कुरा बुझ्न भाइरसको विकासक्रम र यो कसरी फैलिन्छ भन्ने बुझ्नुपर्छ। मानिस वा जनावरको शरीरमा नहुँदा भाइरस निर्जीव जस्तो हुन्छ। तर मानिस वा जनावरको शरीरमा प्रवेश पाएपछि यो सक्रिय हुनथाल्छ र यसले आफ्नो संख्या वृद्धि गर्छ। डा पुष्पमणि खरालको भनाइमा कोरोना भाइरस बीचको ‘ग्रे एरिया’ मा पर्दछ। “भाइरसको बारेमा धेरै अध्ययन भएका छन्। शुरुमा यसलाई जैविक रसायन भनियो। पछि निर्जीव भनियो। तर वास्तविकता के हो भने यो बीचको वस्तु हो,” उनले साउथ एसिया चेकलाई बताए। “कुनै पनि जीवित वस्तु (अर्थात् लिभिङ अर्गानिजम जसलाई हामी होस्ट भन्छाैँ) मा प्रवेश गरेपछि यसले आफ्नो संख्या बढाउँदै लैजान्छ भने निर्जीव वस्तुमा रहुञ्जेल यो निष्क्रिय रहन्छ।”

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस परिवारको पछिल्लो यो भाइरस कति घातक छ भन्ने कुरा त्यसले हाम्रो शरीरको प्रतिरोधी क्षमतासँग कसरी लड्छ, कतिको संख्या वृद्धि गर्छ र फैलिन्छ भन्ने कुरामा भर पर्छ।

तर अहिलेसम्म पनि याे भाइरस निर्जीव हाे या सजीव भन्ने बहसकै विषय रहेकाे छ। इन्टरनेशनल जर्नल अफ करेन्ट माइक्रोवायोलोजी एण्ड अप्लाइड साइन्समा प्रकाशित एक लेखमा यसलाई जीवितको संज्ञा दिइएकाे छ भने अमेरिकाकाे नेशनल लाइब्रेरी अफ मेडिसिन नेशनल इन्स्टिचियुटस् अफ हेल्थमा प्रकाशित एक लेखले यसलाई निर्जीव हुनसक्ने जनाएकाे छ।

चिकित्सक र वैज्ञानिकहरुका यी भनाइ र शाेधका आधारमा प्रधानमन्त्री ओलीको यो दाबी भ्रामक छ।

Ncell 2
Ncell 2

दोस्रो दाबी 
“तातोपानी खाने, बाफ लिने गर्यो भने ठीक हुन्छ।”

तातोपानी खाँदा वा बाफ लिँदा कोभिड–१९ को संक्रमण हुँदैन भन्ने कुराको हालसम्म कुनै वैज्ञानिक आधार छैन। विश्व स्वास्थ्य संगठनले समेत निर्जलीकरण (डिहाड्रेसन) हुनबाट बच्न बारम्बार पानी पिउने सल्लाह दिएको छ। तर तातोपानीले कोरोना भाइरसलाई निर्मुल पार्छ भन्ने कुरा प्रमाणित नभएको उसले जनाएको छ। डा खरालको विचार पनि मिल्दोजुल्दो छ। “प्रशस्त तातोपानी पिइयो भने घॉटीमा रहेको भाइरस पखालिएर पेटमा जानसक्ने भएर त्यसो भनिएको हुनसक्छ,” उनले भने, “तर धेरै तातो पानीले उल्टै क्षति गर्नसक्छ।” त्यस्तै रुघाखोकीको औषधिका रुपमा लिइने बाफले कोभिड–१९ को संक्रमणबाट बच्न सकिन्छ भन्ने प्रमाणित तथ्य नभएको उनले बताए।

तेस्रो दाबी
“(यसबाट बच्न) चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने।”

प्रधानमन्त्री ओलीको यो सुझाव त्यतिखेर आएको छ, जतिबेला मुलुकमा बसन्त याम सकिएर गर्मी लाग्न शुरु हुँदैछ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे फैलिएका मिथ्यालाई चिर्नका लागि प्रकाशित गरेको सामग्रीमा आइसक्रिम बारेको भ्रामक सूचना पनि समावेश छ। उसले अहिलेसम्म आइसक्रिम खाँदा कोरोना भाइरस फैलिन्छ भन्ने कुराको कुनै प्रमाण नभएको जनाएको छ। “आइसक्रिम खानै नहुने हैन। यसबाट कोरोना भाइरस सर्छ भन्ने कुरा गलत हो,” डा खरालले बताए। आइसक्रिम चिसो हुने भएकोले यो खाँदा घाँटीको तापक्रम कम हुने कुरा साँचो भएपनि त्यसले कोरोना भाइरस सार्ने दाबी सही नभएको उनले बताए।

चौथो दाबी
“तातोपानीले हात धुने, मनतातो पानीले धुने। यो ठूलो विधि हो। भाइरस छ भने तातो पानीले हात धुने बित्तिकै त्यसको बाहिरी लेयरमा बोसो हुन्छ, त्यो त निर्जीव हो। मर्ने हैन, त्यो समाप्त हुन्छ।”

प्रधानमन्त्रीको यो दाबीमा छुटेको महत्वपूर्ण सामग्री हो साबुन। तातोपानी र साबुनले कम्तिमा २० सेकेन्डसम्म हात मिची मिची धोएमा यो भाइरसको संक्रमणबाट जोगिन सक्ने कुरा अब आम भइसक्यो। यसका पछाडि केही वैज्ञानिक आधार छन्। साबुन पानीले हात धुनु किन प्रभावकारी हुन्छ भन्ने बारेमा रसायनशास्त्रका अस्ट्रेलियाका प्राध्यापक पली थोर्डर्सनले ट्वीटरमार्फत सर्वप्रथम व्याख्या गरेका थिए। साबुनले हात धुँदा यो भाइरसविरुद्ध घर भत्काउने कामदारले भवन भत्काउँदा झै गर्ने उनले अमेरिकाको डिजिटल पत्रिका भक्सलाई बताएका छन्। डा खराल पनि भाइरसविरुद्धको लडाइँमा साबुन एक महत्वपूर्ण हतियार भएको स्वीकार्छन्। “साबुनको दुई तह हुन्छ। यसलाई पानीमा मिसाएपछि एकातिरको अणुले भाइरसमा रहेको प्रोटिनको खोललाई नष्ट गर्छ भने अर्कोतिरको अणु त्यसको प्रोटिनतर्फ आकर्षित हुन्छ जसलाई पानीले छिन्नभिन्न पार्छ,” खरालले बताए। साबुनको यही विशेषताका कारण कोरोना भाइरस समाप्त गर्न यसकाे अहम् भुमिका रहेकाे ठहर छ। अमेरिकाको रोगसम्बन्धी संघीय निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसबाट बच्न साबुनपानी र अल्कोहल मिश्रित ह्याण्ड स्यानिटाइजरले हात सफा गर्न सुझाएको छ।

प्रधानमन्त्री ओलीको सुझावको एक अंश सही भएपनि साबुन बिना भाइरसलाई तातोपानीले मात्र समाप्त पार्न सकिँदैन। उनको दाबीमा उल्लेखित भाइरसको बोसो (उनको शब्दमा बोसिय तत्व) सम्बन्धी दाबी पनि भ्रामक रहेको पाइएको छ। अंग्रेजीमा ‘लिपिड लेयर’ भनिने कोरोना भाइरसको आवरणलाई बोसो भनेर सामान्यीकरण गर्नु गलत रहेको विज्ञहरुको ठहर छ।

पाँचौ दाबी
“मास्क मात्रै लगाएर पर्याप्त हुँदैन। मास्कसहित चश्मा पनि लगाउनुहोस्। सबैभन्दा छिटो मुखबाट, त्यसपछि दोस्रो आँखाबाट सर्छ। त्यसपछि मात्रै नाकबाट सर्छ।”

प्रधानमन्त्री ओलीले अहिलेसम्म वैज्ञानिकहरु निष्कर्षमा पुग्न नसकेको यस सरुवा रोगको प्रसारबारे भ्रामक अभिव्यक्ति दिएका छन्। कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा तिनका थोप्लाबाट र उक्त भाइरसबाट संक्रमित वस्तुलाई छोएर आँखा, नाक वा मुखमा हात लगेमा सर्छ भन्ने हालसम्मका अध्ययनमा देखिएको छ। तर आँखा, नाक र मुखमध्ये केबाट सबैभन्दा बढी सर्छ भन्ने ठोकुवा गर्न सकिने स्थिति छैन। “यो भाइरस मानिसको श्वास प्रश्वास प्रणालीबाट सर्ने भएकाले सबैभन्दा पहिला नाक अनि मुखबाट सर्नसक्ने अनुमान छ,” डा खराल भन्छन्, “यो भाइरस भएको हातले आँखालाई छोएमा यो सर्नसक्छ। तर आँखा यसको संक्रमणको दोस्रो प्रमुख अंग हो भन्ने वैज्ञानिक आधार छैन।”

त्यसैले गर्दा प्रधानमन्त्री ओलीको यो दाबी पनि तथ्यहीन पाइएको छ।

(यो सामग्री साउथ एसिया चेकले उत्पादन गरेको हो।)

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १७:२६
  • #Novel Corona Virus
  • #pmoli

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
मध्यरातमा बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का शुक्रबार, जेठ ९, २०८२
आईपीएलमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो, मिचेल मार्सको शतक शुक्रबार, जेठ ९, २०८२
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्