• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
अधिकार नपाउँदै खारेज हुने जोखिममा महानगरीय प्रहरी 
64x64
नारायण अधिकारी मंगलबार, वैशाख ९, २०७७  २०:२१
1140x725

काठमाडौं–काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लालाई समेटेर बनाइएको महानगरीय प्रहरीको संरचना नै खारेज हुने जोखिम बढेको छ। महानगरीय प्रहरी कार्यालयअन्तर्गतका महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला बागमती प्रदेशअन्तर्गत हुनुपर्ने माग प्रदेश सरकारले गरेपछि यो जोखिम बढेको हो। 

प्रहरी समायोजनसम्बन्धी छलफलमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश मातहत नै उपत्यकाका तीन जिल्ला हुनुपर्ने माग राखेका थिए।

‘उपत्यकाका तीन जिल्ला बागमती प्रदेशअन्तर्गत भएन भने त संविधान र संघीयताविपरीत नै भयो नि। तीनै जिल्लाका प्रहरी कार्यालयहरु बागमती प्रदेशअन्तर्गत हुनुपर्छ भन्ने हाम्रो माग हो,’ मन्त्री जम्कट्टेलले भने।

यद्यपि गृह मन्त्रालयले भने उपत्यकाका तीनै जिल्ला र महानगरीय प्रहरी केन्द्र मातहत हुनुपर्ने अडान राखेको छ। गृह स्रोतले नेपाल लाइभसँग भन्यो, ‘संघीय राजधानी भएका कारण पनि उपत्यकाका तीनै जिल्लाका प्रहरी केन्द्रमातहत हुनुपर्छ भन्ने छ। दिल्लीमा पनि यस्तै अभ्यास छ। यसका लागि केही कानुनी जटिलता भने देखियो।’

यस विषयमा सहमति भने भइनसकेको गृहले जानकारी दियो।

सहरीकरण, जनसंख्याको बढ्दो चाप, बढ्दो औद्योगीकरण, वर्षैपिच्छे बढ्दै गएको पर्यटकको आवागमन र सूचना प्रविधिको विकाससँगै काठमाडौं उपत्यकामा बढ्दै गएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्न पुरानै शैलीको पुलिसिङले मात्रै सम्भव नभएको निष्कर्ष भएपछि २०६३ मंसिर १ गतेदेखि महानगरीय प्रहरी लागू गरिएको थियो। 

महानगरीय प्रहरी प्रणालीले एउटा स्वायत्त प्रहरी संगठनको भूमिका निर्वाह गर्ने, अर्धन्यायिक निकायको अधिकार दिनेजस्ता विषय यसको स्थापना गर्दा उठेका थिए। 

महानगरीय प्रहरीलाई प्रशासकीय अधिकार, इजाजत अधिकार, अपराध नियन्त्रणसम्बन्धी विशेष अधिकार दिइन्छ। सोही प्रकृतिको अधिकारसहित महानगरीय प्रहरीको अवधारणा नेपाल भित्रिएको थियो। 

Ncell 2
Ncell 2

प्रशासकीय अधिकारअन्तर्गत कुनै पनि जुलुस, सभा गर्नलाई निश्चित ठाउँ तोक्ने वा निषेध गर्ने, कर्फ्यू लगाउन सक्ने, शान्ति सुरक्षामा खलल पर्न सक्ने स्थितिमा राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत सिडिओलाई भएको अधिकार प्रयोग गरी पक्राउ गरेर जेल पठाउन सक्ने, पाँच जनाभन्दा बढीको भेला वा समूह जम्मा हुन नदिने आदेश जारी गर्न सक्ने र बेवारिसे सम्पत्तिको उत्तरदायित्व लिन सक्ने अधिकार महानगरीय प्रहरीलाई हुन्छ। 

यो पनि पढ्नुहोस्

महानगरीय प्रहरी : नामको सान, छैन कामशनिबार, पुस २६, २०७६

यस्तै, हातहतियारका लागि लाइसेन्स दिने, होटल, मसाज, बार, गेष्टहाउस, सिनेमा हल सञ्चालनका लागि अनुमति दिनसक्ने अधिकार पनि महानगरी प्रहरी कार्यालयलाई छ। विषादी, पेट्रोलियम पदार्थ, विस्फोटक पदार्थको कारोबारका लागि समेत प्रहरीको अनुमति लिनुपर्ने ‘महानगरीय प्रहरीको सुदृढीकरण’ प्रतिवेदनमा उल्लेख छ। तर यी अधिकारहरु कार्यान्वयन नहुँदै महानगरीय प्रहरी अवधारणा नै संकटमा पर्ने देखिएको छ।

पूर्व डिआइजी हेमन्त मल्ल महानगरी प्रहरीलाई प्रदेश मातहतभन्दा पनि केन्द्र मातहत नै राख्नुपर्ने बताउँछन्। ‘महानगरीय प्रहरी संघीय राजधानीमा पर्छ। यहाँको शान्ति सुरक्षा, भिआइपी सुरक्षादेखि ठूला इभेन्टको सुरक्षा व्यवस्था मिलाउन र समन्वय गर्ने काममा यसले महत्वपूर्ण भूमिका खेलेको छ। भोलि प्रदेशको मातहतमा गएपछि यसमा धेरै जटिलता उत्पन्न हुन सक्छन्,’ पूर्व डिआइजी मल्लको भनाइ छ। 

महानगरीय प्रहरी प्रदेश मातहत नै आउने प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले बताएका छन्। उनको संक्षिप्त मन्तव्य उनकै शब्दमाः

उपत्यकाका तीन जिल्ला कि प्रदेशमै पर्दैन भन्नु पर्‍यो, नभए प्रदेश मातहत नै हुन्छ : मन्त्री जम्कट्टेल
नेपाल प्रहरीका दुई वटा तह छन्। एउटा प्रदेश प्रहरी, अर्को संघीय प्रहरी। यो संविधानमै लेखिएको कुरा हो। संघीय प्रहरीको क्षेत्राधिकार र प्रदेश प्रहरीको क्षेत्राधिकार पनि प्रष्ट छ। त्यो भएपछि हामी यसमा अस्प्ष्ट हुनै पर्दैन। संघीय सरकार मातहतका कार्यालयहरु सबै संघीय प्रहरीले हेर्छ। सिंहदरबार प्रदेश प्रहरीले हेर्दैन। एयरपोर्ट प्रदेश प्रहरीले हेर्दैन। भन्सार पनि हेर्दैन। प्रधानमन्त्रीको सुरक्षा, मन्त्री क्वार्टरको सुरक्षा पनि प्रदेश प्रहरीले हेर्दैन। यस्तै अरु संघीय सरकारको मातहतमा रहेका केन्द्रीकृत कार्यालयको सुरक्षा संघीय सरकारले नै गर्छ। 

तर जिल्लाहरुको सुरक्षाको जिम्मा फेरि त्यो उपत्यकाभित्र होस् वा बागमती प्रदेशका १३ वटै जिल्ला हुन्, त्यो प्रदेश मातहतमै रहन्छ। हामीले संविधान बनाउने बेलामा कि त्यो व्यवस्था गर्नु पर्दथ्यो। ‘हामी उपत्यकालाई विशेष क्षेत्र बनाउँछौं, सुरक्षाको हिसाबले' भनेर उल्लेख गरेको छैन। त्यसकारण अब संघीय प्रहरीले आफू मातहतका निकायको सुरक्षा हेर्छ। बागमती प्रदेशले आफू मातहतका १३ वटै जिल्लाको सुरक्षा हेर्छ,' गृहमन्त्री संयोजक रहेको प्रहरी समायोजनको छलफलमा पनि मैले यही कुरा राखेको छु। यसमा उहाँहरु अस्पष्ट रहेको पाएँ मैले। प्रहरी पनि अस्पष्ट, गृहमन्त्रालय पनि असष्ट रहेको पाइयो। उहाँहरुको धारणा ‘महानगरीय प्रहरी नभई हुँदैन, हामीले सिंहदरबारको सुरक्षा गर्दा प्रदेश प्रहरी मागेर कसरी चलाउने’ भन्नेसम्मको कुरा उठाउनुभयो। 

मैले सिंहदरबारको सुरक्षामा हामी गर्छौं भनेर भन्दै भन्दैनौं। एयरपोर्ट र भन्सारको सुरक्षा हामी गर्छौं भनेर पनि भन्दैनौं । संघीय मन्त्रीहरुको सुरक्षा हामी गर्छौ भनेर भन्दै भन्दैनौं। त्यो तपाईहरुको क्षेत्राधिकारको सुरक्षा हो। त्यसमा हामी हस्तक्षेप गर्दैनौं भनेका छौं ।

तर तीन वटा जिल्लाको सुरक्षाचाहिँ हामीले नै गर्न पाउनुपर्छ, प्रदेश प्रहरीले गर्न पाउनुपर्छ यसमा कुनै शंका रहनु आवश्यक छैन, कानुनी व्यवस्था पनि यही हो, संवैधानिक व्यवस्था यही हो भनेर मैले कुरा राखेको छु । उहाँहरु पनि कन्भिन्स् हुनु भएको छ। एक हिसाबले समझदारी पनि बनेको छ कि उपत्यकाका तीन जिल्ला प्रदेशमा पर्दैन भनेर भन्नु पर्‍यो, होइन भने सुरक्षाको जिम्मा प्रदेश प्रहरीलाई दिनु पर्‍यो। प्रदेशले उत्यकासहित १३ वटै जिल्लाको सुरक्षा गर्छ। 

यसरी भित्रिएको थियो नेपालमा महानगरीय प्रहरी अवधारणा
दिल्लीमा सन् १९६०–७० कोे दशकमा शान्ति सुव्यवस्था खस्कँदो अवस्थामा थियो। आपराधिक गतिविधिले जरा गाड्ने क्रम बढ्दो थियो। शान्ति सुरक्षाको स्थिति नाजुक भएपछि तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतभरका प्रहरी प्रमुखको सम्मलेन डाके। उक्त सम्मेलनमा उनले बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी प्रणाली लागू गर्नुपर्ने बताएका थिए।

दिल्लीबाहेक भारतकै कोलकत्ता, मद्रास र मुम्बईमा करिब १५० वर्ष अगाडि ब्रिटिश शासनकालमै महानगरीय प्रहरी प्रणाली लागू गरिएको थियो। पछि भारत स्वतन्त्र भएपछि महानगरीय प्रहरी स्थापनाका बारेमा वादविवाद र विरोध भएको थियो। तत्कालीन प्रधानमन्त्री शास्त्रीले समेत महानगरीय प्रहरी प्रणाली लागू गर्नुपर्ने बताएपछि सन् १९६८ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश जिडी खोस्लाको अध्यक्षतामा एक उच्च आयोग गठन गरिएको थियो।

उक्त आयोगले महानगरीय प्रहरी स्थापना सिफारिस गरेको १० वर्षपछि सन् १९७८ मा दिल्लीमा महानगरीय प्रहरी प्रणाली लागू भएको थियो। त्यसपछि राजनीतिक दल र निजामती प्रशासनले समेत यो व्यवस्थाको विरोध गरेका थिए। 

जसका कारण लामो समयसम्म विवादित रहेको महानगरीय प्रहरी प्रणाली अन्ततः मद्रास, कोलकाता, मुम्वईको सफलतापछि दिल्लीमा स्वीकार गरिएको थियो। 

सन् १९६०–७० को दिल्लीजस्तै २०६२/६३ को जनआन्दोलनपछि काठमाडौं उपत्यकामा अपराध मौलाउने क्रम बढ्दो थियो। सशस्त्र संघर्ष गरेर खुला राजनीतिमा आएको माओवादीको भातृ संगठन वाइसिएलको नाममा हुने चन्दा आतंक, धम्की, अपहरण, कुटपिटजस्ता घटना राजधानीमा व्याप्त थिए।  

काठमाडौंका तत्कालीन प्रहरी प्रमुख इन्द्रप्रसाद न्यौपाने त्यसबेला हुने गरेका अपराधबारे सम्झन्छन्, ‘वाइसिएलको जगजगी थियो। ठगिएका व्यक्ति प्रहरीकोमा भन्दा पनि वाइसियलकहाँ पुग्थे। अपहरण, धम्की, कुटपिट गर्दै उनीहरुले आतंक मच्चाएका थिए। हतियारको पनि बिगबिगी थियो। काठमाडौंमै दैनिक गोली प्रहार र मुठभेडका घटना हुन्थे । काठमाडौंमा अपराधले त्यसबेला चरम रुप लिएको थियो।’

यस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न भन्दै भारतको महानगरीय प्रहरी प्रणालीसमेत अध्ययन गरेर लागू गरिएको महानगरीय प्रहरी प्रणालीले अहिले खारेज हुने जोखिममा पुगेको छ। भारतको नक्कल गरेर ल्याइएको यो अवधारणामा दिल्लीमा भने महानगरीय प्रहरी केन्द्र मातहत नै छ। तर नेपालमा महानगरीय प्रहरी प्रदेश मातहत राख्दा समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  २०:२१
  • #metropolice

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले ह्याकरले विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट नियन्त्रणमा लिएको र यसलाई रिकभर गर्ने प्... बिहीबार, असार २६, २०८२
पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयनको माग गर्दै मजदुरहरुको प्रदर्शन नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसवादी दलहरुको मजदुर संघ संगठनका प्रतिनिधिहरु सहभागि भएको विरोध र्‍यालीपछि आयोजित कार्यक्... बिहीबार, असार २६, २०८२
'नयाँ स्टक एक्सचेन्ज जनता ठग्ने तरिका, पुरानै धितोपत्र बोर्ड सुधारौँ': ज्ञानेन्द्र शाही सिंहदरबारमा बिहीबार बसेको सङ्घीय संसद, प्रतिनिधिसभाको अर्थ समिति दोस्रो सत्रको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। बिहीबार, असार २६, २०८२
ताजा समाचारसबै
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
अब चेक बाउन्स प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने बिहीबार, असार २६, २०८२
रासायनिक मल अझै ९१ हजार मेट्रिक टन मौज्दात छ, किसानलाई अभाव नहुनेगरी वितरण भइरहेको छ : कृषिमन्त्रीको अधिकारी बिहीबार, असार २६, २०८२
मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त बिहीबार, असार २६, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्