• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना संक्रमित भएपछि पत्रकारको चिन्ता : परिवार र जागिर कसरी जोगाउने?
64x64
नेपाल लाइभ बुधबार, वैशाख १०, २०७७  ०७:५२
1140x725
स्केच साभारः न्युजलण्ड्री डट कम

मुम्बई–भारतका कार्यस्थलमा खटिएका पत्रकारहरुलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि देशभर चिन्ता छाएको छ। मुम्वईमै मात्र ५३ पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १६७ पत्रकारको परीक्षण गर्दा ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

यो खवर सार्वजनिक भएलगत्तै केही मन्त्री र राजनेताले समेत सामाजिक सञ्जाल ट्वीटरमा चिन्ता व्यक्त गरेका छन्। भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले सुचना सम्प्रेषण गर्ने पत्रकारहरु नै संक्रमित भएकोप्रति दुःख व्यक्त गरेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले काम गर्दा बचाउको तरिका अवलम्वन गर्न आग्रह गरेका छन्। पत्रकारहरुलाई मास्क लगाउने र सामाजिक दुरी कायम गर्नेजस्ता उपाय अवलम्बन गरेर काम गर्न आग्रह उनले गरेका छन् । 

पत्रकारका दुःख 

पत्रकारहरु ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ भएको पाइएपछि सञ्चार क्षेत्रमा पनि त्रास सिर्जना भएको छ। ‘हामीलाई बिरामी हुने डर छैन तर केही पत्रकारहरुलाई घरबाटै काम गर्दा जागीर जाने त्रास छ’ एक महिला पत्रकारले नाम गोप्य राख्न आग्रह गर्दै भनिन् ‘अव मीडियामा पत्रकारहरुको छनोट हुने छ जसमा घर बसेर काम गर्नेहरु बाहिरिनु पर्ने छ, यो उनीहरुको हितमा छैन।’ 

अर्का एक फोटो पत्रकारलाई पनि यस्तै डर छ। ‘मैले लकडाउन अवधिमा पनि काम गरेँ, कयौ स्थानमा रिपोर्टिङका लागि पुगँे, खतरामा पनि काम गर्नुपर्ने हुन्छ’ उनले भने ‘थाहा छैन कसरी मलाई यो संक्रमण भयो।’ आफूमा संक्रमण देखिएपछि उनले आफ्नो समूहमा बताए। तर उनीहरुले अचम्मलाग्दो प्रतिक्रिया दिएको ती फोटो पत्रकारको अनुभव छ। 

मुम्वईमा कोरोना देखिएका पत्रकारहरु कैयौं प्रमुख च्यानलसँग आबद्ध छन्। 

‘हामीमा कुनै पनि लक्षण थिएन, कोरोनाको खबर कभर गर्न हामी मुम्वईका कैयौं क्षेत्रमा गयौं’ उनले भने, ‘म कोरोनाको हट स्पट धरावी गएँ र केही ठूला मान्छे बसेको क्षेत्रमा पनि पुगेँ।’ उनले आफूले कैयौ मानिसको दुःख र पीडाको समाचार संकलन गर्दागर्दै र आफ्नो पूर्ण रुपमा ख्याल गर्दागर्दै पनि संक्रमित भएको बताए। केही च्यानलले रिपोर्टर, क्यामेराम्यान र फोटोग्राफरलाई समूहमा आउन प्रतिवन्ध लगाएका छन्। 

‘लकडाउन सुरु भए पनि हामीजस्ता फिल्डमा काम गर्नेहरुलाई समूहमा आउन अनुमति थिएन’, एक पत्रकारले भने, ‘हामीलाई क्यामेरा र आवश्यक उपकरण दिइयो, पहिलो हप्ता काम गर्न भनियो र दोस्रो हप्ता बिदा दिइएको थियो ।’ 

Ncell 2
Ncell 2

अर्का एक पत्रकारले यसरी संक्रमित भएपछि चौतर्फी चिन्ता थपिएको बताए। 

‘फिल्डमा काम गर्दागर्दै संक्रमित भयौं, अब हाम्रो परिवारका सदस्य चिन्तित छन्,’ ती पत्रकारले भने, ‘अब उनीहरुलाई के होला, कसले मद्दत गर्ला, यसरी संक्रमित भएपछि काममा नजानु विकल्प होइन त्यर्सैले अफिसले यी कुरा बुझ्नु जरुरी छ ।’

पत्रकारलाई कोरोना देखिएपछि  सत्तारुढ दल भारतीय जनता पार्टीका नेता किरीट सोमैयाले उनीहरुको उपचारमा सहयोग गर्न र सबै पत्रकारको बिमा गरिदिन माग गरे। महिला तथा बाल कल्याणमन्त्री यशोमति ठाकुरले पत्रकारहरुलाई आफ्ना समस्या राख्न आग्रह गरेकी छन्।  यसरी संक्रमित भएका पत्रकारहरुलाई आइसोलेसनमा बस्न समस्या भइरहेको छ। कैयौं संयुक्त परिवारमा छन् र केही महिला पत्रकारहरुले घरको काम पनि गर्नुपर्ने अवस्था छ।

लकडाउनको समयमा घरमा काम गर्ने मानिससमेत नपाउने हुँदा उनीहरुको परिवारमा समस्या हुने देखिएको छ । फिल्डमा काम गर्दै आएका महिला पत्रकारहरु घर परिवारसँग टाढै छन्। किनकि उनीहरुको परिवारको सुरक्षाका लागि यो आवश्यक थियो । यसरी संक्रमित भएका ५३ पत्रकारहरुलाई गोरेगाँवको फर्न होटलमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको उपचार पनि स्थानीय सरकारले गर्ने जनाएको छ। 

कोरोनाको डरभन्दा जागिरै गुमाउने चिन्ता 

यो घटनापछि पनि पत्रकार कोरोना भाइरससँग डराएका छैनन्। तर मालिकको छनोटमा पर्ने चिन्ता उनीहरुमा छ। सञ्चार उद्योगमा अब छिटै कामदार छनोट सुरु हुने उनीहरुको आँकलन छ । त्यसैले घरमै बसेर काम गर्दा आफू जागिरबाट निकालिने डर उनीहरुमा छ। अर्कोतर्फ चौतर्फी महामारी छ । यस्तो अवस्थामा मानिसलाई धेरै सुचनाको आवश्यकता पर्दछ । त्यो तबमात्र सम्भव छ, जब उनीहरु फिल्डमा खटिएर काम गर्छन्। पत्रकारले दिएको यही सूचनाले प्रशासन र जनताको बीचमा पुलको काम गर्नेगर्छ। 

दिल्ली र अन्य सहरमा सबैको निजी साधन हुने भएकाले पत्रकारहरु आफूअनुकूल समाचार संकलन गर्न जान सक्छन्। तर मुम्बईमा सार्वजनिक यातायातको भर पर्नुपर्ने र धेरै पत्रकारसँग आफ्नो साधन नभएको अवस्था छ। यस्तो अवस्थामा उनीहरु कार्यालयले उपलव्ध गराएको सवारी साधनमा समूह बनाएर हिड्नु पर्ने हुन्छ। यहीकारण गाडी चालक, क्यामेरा पर्सन र फिल्ड रिपोर्टरबाट अन्यमा सर्ने जोखिम धेरै देखिएको छ ।  

खासगरी टिभी रिपोर्टिङका लागि मानिससँग कुराकानी गर्न जरुरी छ । छापा माध्यमका मानिसहरु घरैमा बसेर टेलिफोनमा कुराकानी गरेर गर्न समाचार संकलन गर्न सक्छन्। तर टेलिभिजनकर्मीमा समस्या छ । फिल्डमा प्रत्यक्ष उपस्थित भएर संकलन गरिने र फोनमार्फत् आउने सूचनामा फरक पाइएको उनीहरुको अनुभव छ। टीभी पत्रकारका लागि रिपोर्टिङ गर्दा बाइट लिन जरुरी हुन्छ। 

टेलिभिजकर्मीहरुमा च्यानलको पनि दबाब हुन्छ । अर्को च्यानलले यति धेरै स्टोरी ग¥यो, तिमीले किन गरेनौ भनिन्छ। यसमा केही पत्रकार लापरबाह भएको पनि पाइएको छ । उनीहरु  संवेदनशील क्षेत्रमा जान्छन्,  जसका कारण एक अर्कामा प्रतिस्पर्धा पनि सुरु हुन्छ । केही सञ्चार माध्यमले घरमा काम गर्ने र डेस्कमा काम गर्नेका लागि केही गाइडलाइन पनि जारी गरेका छन् । त्यस्तै फिल्डमा काम गर्नेहरुका लागि पनि गाइडलाइन्स दिइएका छन्। एक च्यानलले आफ्ना केही कर्मचारीमा कोरोना देखिएपछि अरुलाई टेष्ट गराउनै चाहेनन्, किनकि यसले उसको इमेजमा असर पर्ने र साख .खस्कने त्रास देख्यो। यहीकारण कैयौं च्यानलले यसलाई लुकाउने प्रयास गरिरहेका छन्। 
बीबीसी. हिन्दीबाट

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०७:५२
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद पुरस्कार जित्ने मौका सोमबार, असार २, २०८२
एघारौं चुरे संरक्षण दिवस मनाईंदै सोमबार, असार २, २०८२
ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा सोमबार, असार २, २०८२
इरान–इजरायल बिच भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो, सयौँ घाईते सोमबार, असार २, २०८२
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै सोमबार, असार २, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्