• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
ऋषि कपुरको त्यो खुल्ला जीवन
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १८, २०७७  १६:०७
1140x725

एजेन्सी- हिन्दी चलचित्र उद्योगका बहुचर्चित कपुर खानदानमा ऋषि कपुरमात्र यस्ता कलाकार थिए‚ जसले आफ्नो छुट्टै पहिचान बनाएका थिए। शोम्यान राज कपुरपछि यदि कपुर खानदानको नाम कसैले चम्काएका थिए भने ती ऋषि कपुर नै थिए।

ऋषि कपुरको अभिनय र उनको बिन्दास चरित्रले मानिसमा अझ बढी प्रभाव पारेको थियो। आफूले रक्सी पिउने कुरा उनले कहिल्यै पनि अस्वीकार गरेनन्। आफ्ना छोरा रणवीर कपुरसँगको ‘जेनेरेसन ग्याप’ लाई लिएर उनले कहिल्यै पनि नजरअन्दाज गरेनन्।

विचारमा धेरै इमान्दार भएकाले सामाजिक  सञ्जालमा आफ्ना बारेमा ट्रोल बन्ने गरेको उनको बुझाइ थियो। 

ऋषि कपूर

सन् २०१७ मा उनको पुस्तक सार्वजनिक भयो(खुल्लम खुल्ला। उनले उक्त पुस्तकमा धेरै कुराहरू खुलेर लेखे, त्यसैले पनि यो धेरै नै चर्चामा आएको थियो। पुस्तकमा ऋषि कपुरले जीवनका बारेमा खुलेर लेखेका कुराहरूको चर्चा गरौं।

राज कपुरको विवाहेत्तर सम्बन्ध
उनले आफ्नो पुस्तकमा खुलेर आफ्ना पिता राज कपुरको धेरै महिलासँग सम्बन्ध थियो भनी स्वीकार गरेका छन्। उनले आफ्ना पिताको नरगिस र वैजयन्ती मालासँग सम्बन्ध थियो भनेर खुलेर लेखेका छन्।

राज कपूर

त्यस्तै भएपनि उनकी आमा कृष्णा कपुर हार नमानी डटिरहिन् र राज कपुरको अरूसँगको सम्बन्ध बिग्रिएपछि फेरि कृष्णा कपुरसँगै आएका थिए।

Ncell 2
Ncell 2

नितू सिंहभन्दा पहिलाका प्रेम सम्बन्ध
ऋषि कपुर र नितु सिंहको विवाह बलिउडकै चर्चित विवाहमध्येको एकमा पर्ने गर्थ्यो। तर उनले आफ्नो किताबमा नितूभन्दा अघि पनि एक यास्मिम मेहता नाम गरेकी इरानी महिलासँग प्रेम सम्बन्ध रहेको भनी बताएका छन्। यो सम्बन्ध उनको फिल्म ‘बबी’ आउनुभन्दा अगाडिको हो। ‘बबी’ आएपछि बजारमा ऋषि कपुर र डिम्पल कपाडियाको बारेमा धेरै नै चर्चा चलेको थियो।

ऋषि कपूर और नीतू कपूर

तत्कालीन चर्चित पत्रिका स्टारडस्टले पनि यसबारेमा स्टोरी नै लेखेको थियो। तर त्योबेला डिम्पल कपाडिया र राजेश खन्नाको विवाह भइसकेको थियो।
यसकै कारण पनि उनको सम्बन्ध प्रभावित भएको ऋषि कपुरले बताएका थिए। यही गशिपले गर्दा ऋषि कपुर र यास्मिनको सम्बन्ध पूर्ण रूपमा बिग्रिएको थियो। यास्मिनलाई फकाउन धेरै कोशिस गरे पनि उनी सफल हुन सकेनन्।

जब राजेश खन्ना रिसाए
यास्मिन मेहता र डिम्पल कपाडियासँग जोडिएको एक घटना ऋषि कपुरले आफ्नो किताबमा लेखेका थिए। उनका अनुसार यास्मिनसँग सम्बन्धमा रहेका बेला यास्मिनले उनलाई उपहारस्वरूप औंठी दिएकी थिइन्।

राजेश खन्ना

बबीको सुटिङ चलिरहेका बेला उक्त औंठी डिम्पलले आफ्नो औंलामा लगाएकी थिइन्। 
जब राजेश खन्नाले डिम्पल कपडियालाई प्रेम प्रस्ताव राखेका थिए‚ त्योबेला उनले डिम्पलको  औंलामा औंठी देखेर त्यसलाई आफ्नो घरनजिक रहेको समुद्रमा फ्याँकिदिएका थिए।
यसै क्रममा ऋषि कपुरले उनी कहिल्यै डिम्पलको प्रेममा नपरेको बताएका थिए‚ न त उनीप्रति आकर्षित नै भएको स्वीकारे।

अमिताभले दिएनन् क्रेडिट
अमिताभ बच्चनसँग कपुर खानदानको पुरानो सम्बन्ध थियो। तर ऋषि कपुरले अमिताभ बच्चनको बारेमा खुलेर आफ्नो विचार राखेका थिए। 
बहुचर्चित नायक भएको फिल्ममा काम गर्न दोस्रो तहका कलाकारका लागि कति कष्टपूर्ण थियो भन्नेबारे उनले आफ्नो किताबमा खुलेर लेखेका छन्। फिल्म सफल भएपछि त्यो फिल्मको श्रेय सबै लिड स्टारलाई जाने गर्थ्यो र दोस्रो तहका कलाकारको नाम कतै सुनिँदैनथ्यो। 

अमिताभ बच्चन और ऋषि कपूर

ऋषि कपुरले लेखेका थिए‚ ‘होला‚ हामी कम चर्चित स्टार थियौं होला, तर कलाकारितामा कम थिएनौं। तर अमिताभ बच्चनले यस कुराको कहिल्यै पनि स्वीकार गरेनन्। न कुनै अन्तर्वार्ता, न त कुनै किताबमा नै। अमिताभ बच्चनले आफूसँग काम गर्ने कलाकारको पर्याप्त क्रेडिट दिएनन्।’

जब नितूसँग झोक्किएका थिए ऋषि 
ऋषि कपुरले स्टारडमको फाइदा र बेफाइदा दुवैको अनुभव गरे। फिल्म ‘बबी’ त्यसबेला बहुचर्चित फिल्ममध्येमा गनिन थाल्यो। योसँगै ऋषि कपुरसँग अरू पनि धेरै फिल्मका अफरहरू आउन थाले। तर बक्स अफिसमा उनी त्यति टिक्न सकेनन्।

ऋषि कपूर और नीतू सिंह


ऋषि कपुरका अनुसार त्यो समयमा उनको विवाह भइसकेकाले नितू सिंहलाई यसको जिम्मेवार व्यक्ति भएको र उनी आफ्नो जीवनमा प्रवेश गरेदेखि यस्तो हुन थालेको भन्दै उनीमाथि खनिएका थिए।
त्यो समय नितू सिंह गर्भवती थिइन्। त्यस्तो समयमा पनि नितू सिंहले ऋषि कपुरको निराशा र भनाइ झेल्नुपरेको थियो। 

किनेका थिए पुरस्कार 
ऋषि कपुरले आफ्नो र अमिताभ बच्चनको सम्बन्धका बारेमा लेख्दै बबी फिल्ममा आफूलाई उत्कृष्ट अभिनेताको उपाधि मिलेपछि बच्चन रिसाएका थिए भनी उल्लेख गरेका थिए।
त्यस समय अमिताभ बच्चनले ‘जन्जिर’ फिल्मका लागि आफूलाई उत्कृष्ट अभिनेताको उपाधि दिइने आश गरेका थिए। तर यो अवार्ड ऋषि कपुरद्वारा अभिनित फिल्म ‘बबी’ लाई मिलेको थियो।
ऋषि कपुरले लेखेका थिए‚ ‘यो भन्दै गर्दा मलाई अप्ठ्यारो लागिरहेको छ कि मैले त्यो अवार्ड किनेको थिएँ। एक पिआरले कपुरसँग ३० हजार दिएमा अवार्ड दिलाइदिने कुरा गरेपछि मैले त्यही ३० हजार दिएको थिएँ।’

रणवीर कपूरसँगको सम्बन्ध
रणवीर कपुर आफ्नी आमासँग बढी नजिकिए पनि ऋषि कपुरसँग कम नै खुल्ने गर्थे। रणवीरको बढीजस्तो समय आमा नितूसँग बित्थ्यो। ऋषि कपुरका अनुसार उनले कहिल्यै पनि रणवीरको करिअरमा हस्तक्षेप गरेनन्। 

रणबीर कपूर और ऋषि कपूर

तर रणवीरको सुरूको फिल्म ‘बर्फी’ लाई लिएर आपत्ति भने थियो नै। तर ऋषि कपुर बर्फीबाट रणवीरको कलाकारिता निखारिएको कुरा भने स्वीकार गर्थे।
रणवीरका बारेमा उनले लेखेका थिए–मलाई थाहा छैन पछि के हुनेछ, मलाई थाहा छैन मेरो छोरा के गर्नेछ, मलाई थाहा छैन मेरो र डब्बुका बच्चाले भविष्यमा हामीसँग कस्तो व्यवहार गर्नेछन्, उसले आरके (राजकपुर) ब्यानरलाई कायम राख्नेछ, यसको लिगेसीलाई कसरी अगाडि बढाउनेछ?’
बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र... मंगलबार, जेठ २७, २०८२
काठमाडौंमा सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिए... शनिबार, जेठ २४, २०८२
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, असार १, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ आइतबार, असार १, २०८२
मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु आइतबार, असार १, २०८२
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला आजदेखि, नेपालले भोली नेदरल्यान्ड्ससँग खेल्दै आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्