• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
नीति तथा कार्यक्रममा 'एमसिसी' परेपछि भीम रावलले भने- पछाडिको ढोकाबाट छिराउन खोजियो
64x64
नेपाल लाइभ शनिबार, जेठ ३, २०७७  १२:३७
1140x725

काठमाडौं- सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत बन्ने भनिएको प्रशारण लाइन आयोजनाले पनि स्थान पाएको छ।

‘नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी–रातामाटे–दमौली–बुटवल ४ सय केभी प्रशारण लाइन निर्माण कार्य अगाडि बढाइनेछ भनी’ उल्लेख गरिएको छ। यो प्रशारण लाइन एमसीसी परियोजना अन्तर्गत बन्न लागेको आयोजना हो।

अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने यो परियोजना उसको ‘हिन्द–प्रशान्त रणनीति’ (इन्डो प्यासिफिक स्ट्राटेजी) को अंग भएको भन्दै सत्तारुढ नेकपाभित्रै कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विमति छ।

पार्टीभित्रकै विवाद टुंगो लगाउन गत माघमा बसेको नेकपाको केन्द्रीय कमिटीले नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले ‘एमसिसी तथा त्यस अन्तर्गत संचालन हुने मिलेनियम च्यालेन्ज नेपाल अकाउण्ट अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा नीतिअन्तर्गत अगाडि बढाइएको देखिएको’ भन्दै सम्झौता सच्याउनुपर्ने निश्कर्षसहित सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको थियो।

तर अध्ययन कार्यदलकै एक सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले परियोजनाका विषयमा फरक मत राखेका थिए। जसकारण एमसीसी कार्यान्वयन गर्ने वा नगर्ने भन्ने नेकपाभित्रको विवाद अझै सुल्झिसकेको छैन।

भीम रावलको असन्तुष्टि 
सरकारको नीति तथा कार्यक्रममा एमसीसी परियोजना परेको विषयमा नेकपा नेता भीम रावलले असन्तुष्टि जनाएका छन। नेकपाले गठन गरेको कार्यदल प्रतिवेदनका आधारमा पार्टीले निर्णय गरेअनुसार सभ्झौताको टुंगो लगाउने निर्णय भए पनि पार्टीले कुनै निर्णय नगर्दै आयोजनालाई सरकारले पछाडिको ढोकाबाट छिराउन खोजेको नेता रावलको भनाई छ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि लगायत कतिपय राम्रा कुरा आएका छन् । सीमा सुरक्षाका साथै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भूमी भएकोले यसलाई समेटेर नक्शा प्रकाशित गर्ने कुरा स्वागतयोग्य छ ।यो माग व्यापकरूपमा उठ्दै आएको हो । तर संगै यो पनि छ: pic.twitter.com/ux4myhtOxB

Ncell 2
Ncell 2
— Bhim Rawal, Ph. D (@BhimRawal179) May 15, 2020

२ वटा पूर्वसर्त बाँकी 
एमसीसीसँग नेपालले गरेको सम्झौताअनुसार ‘एमसीसी नेपाल कम्प्याक्ट’को औपचारिक कार्यान्वयन आगामी असार (२०२०, जुन ३०) देखि सुरु भइसक्नु पर्छ। एमसीसी कम्प्याक्टको काम सुरु हुनुपूर्व ६ वटा पूर्वसर्त पूरा गरिसक्नुपर्ने द्विपक्षीय सम्झौतामा उल्लेख छ। जसमध्ये ४ वटा पूर्वसर्त पूरा भइसकेका छन् भने २ वटा सर्त बाँकी छन्। जसमा एमसीसी कम्प्याक्टको संसदीय अनुमोदन तथा आयोजना क्षेत्रमा पहुँचको विषय अझै टुंगो लाग्न सकेको छैन।

नेपालको बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रशारण लाइन निर्माणका लागि भारत सरकारको सहमतिमा योजना तर्जुमा गर्नुपर्ने, उक्त विद्युत प्रशारण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गर्नुपर्ने लगायतका सर्तहरु भने नेपालले पूरा गरिसकेको छ। 

पहिलो आयोजना अलपत्र, दोस्रो बनाउने घोषणा
त्यस्तै, यही आयोजनासँग सम्बन्धित न्यु बुटवल–गोरखपुर प्रशारण लाइन बनाउन नेपाल र भारतबीच ‘जोइन्ट भेन्चर कम्पनी’ स्थापना गर्ने प्रस्ताव उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको लामो समय भइसक्दा पनि पारित भइसकेको छैन।

शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा न्यु बुटबल–गोरखपुर दोस्रो प्रशारण लाइन पनि बनाउने भनिएको छ। तर न्यु बुटवल–गोरखपुर पहिलो प्रशारण लाइन आयोजनामै नेपाल र भारतबीच सेयर होल्डिङ सम्बन्धी संयुक्त कम्पनी बनाउन तोकिएको ६ महिने समयसीमा भने गुज्रिसकेको छ। 

२०१९ अक्टोबर १४ र १५ तारिखमा भारतको बैंलोरमा बसेको नेपाल र भारतका उर्जा सचिवस्तरीय बैठकबाट ४ सय केभी न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि दुई देशबीच सहमति जुटेको थियो। उक्त बैठकबाटै आयोजना निर्माणका लागि नेपाल र भारतको संयुक्त कम्पनी बनाउने पनि सहमति भएको  थियो। कम्पनीमा ५०/५० प्रतिशत पुँजी लगानी गर्ने र ६ महिनाभित्र स्थापना गरिसक्ने सम्झौता उक्त बैठकबाट भए पनि संयुक्त कम्पनी हालसम्म बन्न सकेको छैन।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १२:३७
  • #एमसिसी
  • #नीति_तथा_कार्यक्रम_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश
सम्बन्धित सामग्री
दलित परिवारका लागि सुरक्षित आवास आर्थिक अभावमा पक्की घरमा बस्ने सपना मात्रै देखेका  उनलाई अब भने नगरपालिकाले सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आश... बुधबार, जेठ ७, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ चतरा धामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङ देखि भोजपुरको साल्पासिलिचुङ सम्म मुन्दुम ट्रेल त... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्