काठमाडौं– भारतका माओवादीहरुको प्रभाव क्षेत्र रहेको छत्तिसगढमा भएको सुरक्षा फौज र माओवादी दस्ताको भिडन्तमा परेर एक शीर्ष माओवादी नेताको मृत्यु भएको छ ।
भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार मृत्यु हुनेमा भाकपा (माओवादी)का महासचिव बसावराजु छन् । उनको बास्तविक नाम नाम्बला केशव राओ भएको भारतका गृहमन्त्री अमित शाहले उल्लेख गरेका छन् ।
शाहले ५४ माओवादीहरु पक्राउ परेका र ८४ जनाले आत्मसमर्पण गरेको बताएका छन् । छत्तिसगढको नारायणपुरमा आज भएको भारतीय सैन्य कारबाहीमा राजुसहित २७ जना माओवादीको मृत्यु भएको छ । सरकारी कारबाहीको नाम ‘अपरेसन ब्याक फोरेस्ट’ नाम दिइएको छ ।
छत्तिसगढ र तेलङ्गना राज्यको सीमानामा ३१ माओवादीहरु मारिएको केहि समयपछि यो अर्को घटना सार्वजनिक भएको हो ।
माओवादी महासचिव सहित २७ जनाको मृत्युलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘उल्लेखनिय सफलता’को उपमा दिएका छन् । साथै मोदीले भारतका जनताको शान्ति र प्रगतिका बाधक माओवादीहरुलाई सिध्याएरै छोड्ने प्रतिबद्धता पनि सामाजिक संजाल एक्समा सार्वजनिक गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।